Wednesday, October 7, 2026
Home राजनीति प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली पुगे बालुवाटार

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली पुगे बालुवाटार

58

काठमाडौँ । नेकापा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा बालुवाटार पुगेका ओलीले समसामयिक राजनीतिका बारेमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडानमा रहेको माओवादीले एमालेका उम्मेदवारलाई मत दिनुपर्ने ओलीको जिकिर छ।