Home Blog Page 426
काठमाडौँ । राष्ट्रपति निर्वाचनबारे आठ दलको अभिमुखीकरण तालिमबाट बाहिरिँदै बिहीबार प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको प्रक्रिया आजै सुरु गर्ने बताएका छन्।‘हेर्दै जानुहोला यो गठबन्धन ५ वर्ष टिक्छ,’ उनले भने, ‘मन्त्रिपरिषद् विस्तार प्रक्रिया आजैदेखि सुरु गर्छु।’ उनले गत पुस १० मा बनेको गठबन्धन यसबीचमा कताकता रुमलिएको पनि बताए।प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको जिम्मेवारी लिइरहेका छन्। फागुन २५...
भक्तपुर । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म सडक अनुगमन गर्नु भएको छ । उपप्रधानमन्त्री श्रेष्ठसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, भक्तपुर नगरकोट सडक विस्तार आयोजनाका प्रमुख, शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिलगायत सरोकारवाला निकायसहितको टोलीले सडकको अनुगमन गरेको हो ।अनुगमनपछि नगरकोट बसपार्कमा पुगेर...
काठमाडौं । आईसीसी यू-१९ एसिया विश्वकप छनोटको निर्णायक खेलमा नेपालले यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । यूएईको अजमानस्थित एडेन गार्डेन ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको हो ।खराब सुरुवात गरेको नेपालका लागि कप्तान देव खनालले अर्धशतक प्रहार गरे । देवसँगै उत्तम थापा मगर र विशाल विक्रम...
काठमाडौं । अब उपत्यका बाहिर स्थायी ठेगाना भएका नागरिकहरूका लागि सरकारले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न उपत्यका भित्र केही स्थानहरू तोकेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौं र ललितपुरमा गरी विभिन्न पाँच स्थानमा परिचयपत्र विवरण दर्ता स्टेसन स्थापनाबारे जानकारी दिएको हो।हाल देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, ४२ वटा इलाका प्रशासन कार्यालय, नारायणहिटी...
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतदेखि पोखरा पुग्नु अगावै लुम्ले गाउँ आउँछ । मुटु काम्ने गरी चिसो हावा चल्ने भएरै होला, यस ठाउँलाई लिएर गायक तिलक बम मल्लले ‘मुटु छुने लुम्लेको हावाले’ बोलको गीत नै गाउनुभएको थियो । लुम्ले गाउँ गीतमा मात्रै सीमित छैन । कृषि, कृषि पर्यटन र कृषि अध्ययन गर्न चाहनेका लागि पनि लुम्ले गाउँ परिचित छ ।यही गाउँका २७...
बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन् । बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको विभत्स हत्या गरेका थिए । घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर...
काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकी छन्। आज संसदीय पत्रकारहरूसँग आफ्नै कार्यकक्षमा कुराकानी गर्दै उपाध्यक्ष अर्यालले राष्ट्रपति भण्डारीको भूमिकाको आलोचना गरेकी हुन्।उनले भनिन्,‘राष्ट्रपति एमालेको जस्तो बन्नुभयो। राष्ट्रपति संस्थालाई सम्मानित बनाउन सक्नुभएन। अरूको इसारामा चल्नुभयो । नागरिकता विधेयकमा अनावश्यक राजनीति गर्नुभयो। एक पटक विधेयक फिर्ता गरे पनि अर्को पटक रोक्न मिल्थेन तर रोक्नुभयो।’ नागरिकता...
काठमाडौं । राष्ट्रपतिमा सुवास नेम्बाङलाई भोट माग्दै एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन्। राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित पार्टी कार्यालय पुगेका हुन्।यही फागु २५ मा हुने निर्वानका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले सुवास नेम्वाङ मैदानमा छन्।...
कैलाली । जिल्लाको कैलारी गाउँपालिका–७ बसन्तामा एउटै रुखमा झुन्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ। खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव भेटिएको हो । बुधबार साँझ ५ बजे उनीहरू दुवै जना सामुदायिक वनको एउटा रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ। उनीहरु दुवै जना छिमेकी हुन। गाई...
काठमाडौं । पत्रकार ऋषी धमलासँग नाम जोडिएपछि चर्चामा आएकी शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन्। उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएको प्रहरीले जनाएको छ। अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ। अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ।