Friday, September 18, 2026
Home राजनीति नेकपा एसको कार्यालय किन पुगे एमाले नेता ? कारण यस्तो

नेकपा एसको कार्यालय किन पुगे एमाले नेता ? कारण यस्तो

195

काठमाडौं । राष्ट्रपतिमा सुवास नेम्बाङलाई भोट माग्दै एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन्। राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित पार्टी कार्यालय पुगेका हुन्।

यही फागु २५ मा हुने निर्वानका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले सुवास नेम्वाङ मैदानमा छन्। नेकपा एकीकृत समाजवादीले भने कांग्रेसबाट उम्मेदवार रहेका रामचन्द्र पौडेललाई समर्थन गरेको छ।एमाले नेताहरुले आजै १ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग भेट गर्ने तालिका छ।