Friday, October 9, 2026
Home समाचार उर्मिला अर्यालले गरिन् राष्ट्रपति भण्डारीको आलोचना

उर्मिला अर्यालले गरिन् राष्ट्रपति भण्डारीको आलोचना

58

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकी छन्। आज संसदीय पत्रकारहरूसँग आफ्नै कार्यकक्षमा कुराकानी गर्दै उपाध्यक्ष अर्यालले राष्ट्रपति भण्डारीको भूमिकाको आलोचना गरेकी हुन्।

उनले भनिन्,‘राष्ट्रपति एमालेको जस्तो बन्नुभयो। राष्ट्रपति संस्थालाई सम्मानित बनाउन सक्नुभएन। अरूको इसारामा चल्नुभयो । नागरिकता विधेयकमा अनावश्यक राजनीति गर्नुभयो। एक पटक विधेयक फिर्ता गरे पनि अर्को पटक रोक्न मिल्थेन तर रोक्नुभयो।’ नागरिकता विधेयक प्रमाणीकरण नहुँदा धेरैले नागरिकता नपाएको उनको भनाइ थियो। ‘उहाँले आफ्नो भूमिका कार्यकारीजस्तो ठान्नुभयो । हरेकले आफ्नो पदको गरिमा राख्नुपर्छ। म उपाध्यक्ष भएर आफ्नो भूमिका बिर्सिएँ भने राम्रो गर्दैन,’ उनले भनिन् ।