Friday, September 18, 2026
Home समाचार एउटै रुखमा झुन्डिए गेदुराम दास र ललितादेवी

एउटै रुखमा झुन्डिए गेदुराम दास र ललितादेवी

36
सांकेतिक तस्विर

कैलाली । जिल्लाको कैलारी गाउँपालिका–७ बसन्तामा एउटै रुखमा झुन्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ। खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव भेटिएको हो । बुधबार साँझ ५ बजे उनीहरू दुवै जना सामुदायिक वनको एउटा रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ। उनीहरु दुवै जना छिमेकी हुन। गाई गोरु चराउन गएका बालबालिकाहरूले दुवै जना रुखमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयलाई खबर गरेका थिए । महिला घरबाट जंगलमा बाख्रा चराउन गएकी थिइन् । दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका कैलालीका डीएसपी कुलदिप चन्दले बताए।