Home Blog Page 427
भक्तपुर । भक्तपुरमा श्रीकृष्ण प्रणामी अन्तर्राष्ट्रिय धर्म जागनी महोत्सव आयोेजना हुने भएको छ । फागुन २४ गतेदेखि शुरु हुने महोत्सव ३० गतेसम्म चल्नेछ । श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव आयोजक समितका सचिव धर्मराज कार्कीका अनुसार, कार्यक्रममा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, भारत लागयतका मुलुकबाट समेत प्रतिनिधित्व रहनेछ ।सूर्यविनायक नगरपालिका–६, कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजना हुने कार्यक्रममा दैनिक १० हजारबढी भक्तजनको...
काठमाडौँ । नेपाली काँग्रेससहित ८ दलले आज काठमाडौँमा संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्। राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो।राष्ट्रपतिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई बिहीबार दिउँसो १ बजेदेखि प्रशिक्षण दिने कार्यक्रम रहेको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। प्रशिक्षण कार्यक्रममा काँग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी,...
काठमाडौँ । राष्ट्रपति चुनावको प्रचारप्रसार र प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्न नेपाली काँग्रेसले पदाधिकारीहरूलाई प्रदेशमा खटाएको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको थियो।कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेस प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णाली प्रदेशमा उपसभापति...
काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा विशेष अदालतले आदेशले थुनामा रहेका मुख्य अभियुक्त मध्येका एक शोभकान्त ढकाललाई रिहा गर्न आदेश गरेको छ। विशेषको थुनामा पठाउने निर्णयविरुद्ध ढकालले सर्वोच्चमा पुनरावेदन गरेका थिए। उनले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चले रिट जारी हुने फैसला सुनाएको हो।न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तीलप्रसाद श्रेष्ठको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा यस्तो आदेश गरेको हो। ललिता...
काठमाडौँ – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने बुधबार युएई जाने भएका छन्। सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेसँगै क्रिकेटर लामिछाने आज यूएई जान लागेका हुन्। विश्वकप लिग- २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपालले आफ्नो पहिलो खेल खेलिसकेको छ। बिहीबार दोस्रो खेल खेल्दै छ।विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन्। तर सर्वोच्चले आइतबार...
भक्तपुर । चाँगुनारायण नगरपालिकाको वडा नं. ७ खरिपाटीमा रहेको श्री कृष्ण माध्यामिक विद्यालयमा व्यवस्थापन समिति पूर्न: गठन भएको छ । सो विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा निरन्जन बजगाई चयन भएका छन् । बजगाई समाजसेवी, राजनितिज्ञ तथा निर्माण व्यवसायी समेत हुन् । त्यसैगरि मनोज गिरीलाई सदस्यमा मनोनित समेत गरिएको विद्यालयले जानकारी दिएको छ ।
हिमाली जिल्ला मनाङमा सवारीसाधन आवागमन हुने समय भएपछि सडक सवारी तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । हिउँदयाम सकिन लागेपछि सवारीसाधन आवागमन बढ्ने भएकाले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मनाङले सचेतनामूलक कार्यक्रम गरेको हो ।नासों गाँउपालिका–३ स्थित बेँसीसहर–मनाङ सडक खण्डमा गुड्ने सवारी चालक, सहचालक, स्थानीयसमेतको सहभागितामा सचेतना कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख एवं प्रहरी...
काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस प्रदेश १ को नाम ‘कोसी’ राख्न सहमति नजिक पुगेका छन् । पछिल्लो केही दिनयता चलेको छलफलपछि दुई दल कोसी नाम राख्न लगभग सहमत भएका हुन् ।यी दुई ठूला दलको पक्षमा राप्रपा पनि छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले भने फरक मत राखेका छन् । नामका विषयमा दलहरुबीच भएको...
गृह मन्त्रालयले प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) डाक्टर आशिष कोजुलाई स्पष्टीकरण माग गरेको छ। बुधवार सूचना प्रकाशन गर्दै मन्त्रालयले नेपाल एपिएफ अस्पतालमा कार्यरत  डाक्टर आशिष् कोजु मङ्सिर ११ गते देखि विना जानकारी सम्पर्कविहीन भएको भन्दै स्पष्टीकरण माग गरेको छ।कोजु उपर सशस्त्र प्रहरी नियमावली, २०७२ को परिच्छेद १३ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) अनुसारको कसुरमा ऐ।...
काठमाडौँ । सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिना अर्थात् गत साउनदेखि माघसम्ममा साढे चार लाखभन्दा बढी नेपाली युवा रोजगारीको खोजीमा मलेसिया, खाडीलगायतका मुलुकमा गएका छन् ।विभागका अनुसार सो अवधिमा चार...