काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशको अर्थतन्त्रमा दीर्घरोग रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रमा दीर्घरोग लागेको र त्यसको ठिक ढङ्गले उपचार गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘अहिले अर्थतन्त्रमा हनहन ज्वरो आएको छ । तर, यो दुई–चार दिनमा निको हुने ज्वरो होइन । मौसम बदलिएर चिसो...
दाङ । दाङमा ४ वर्षीया नाबालिकामाथि बलात्कार भएको छ । बलात्कार आरोपमा घोराहीका ३४ वर्षीय विराज लम्साललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।दश रुपैयाँको नोट दिएर नजिकै खरबारीमा पुर्याइ बलात्कार गरेको उनीमाथि आरोप छ। उनलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालतले आइतबार नै लम्साललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।
काठमाडौँ । २३ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालो सूचीमा छन् । समयमै काम सम्पन्न गर्न नसकेका कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो ।कार्यालयले कालो सूचीमा परेका कम्पनीको नाम सार्वजनिक गर्दै यी कम्पनीले तोकिएको अवधिसम्म कुनै खरिदको काममा सहभागी हुन नसक्ने जनाएको छ । २३ कम्पनीलाई कम्तिमा एक वर्षादेखि बढीमा तीन वर्षसम्मका लागि कालो सूचीमा राखिएको...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् ।आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्यांकन गर्ने काम भइरहेको छ भने। उनले भने,’सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्यांकन गर्नुपर्ने हुन्छ ।’ उनले सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए। उनले थपे ,...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज शितल निवास छाड्दै छिन्। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज दिउँसो १ बजे शपथग्रहण सकिए लगत्तै राष्ट्रपतिको आसन पौडेललाई हस्तान्तरण गर्ने र त्यसपछि भण्डारीले शीतल निवास छाड्ने तयारी रहेको छ।भण्डारीको निवासको मर्मत कार्य नसकिएकाले उनी छोरीको निवासमा सर्ने भएकी हुन् । उनको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित घर मर्मतको काम आज बिहान पनि...
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव कृष्णहरी पुष्करले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई कार्यसम्पादन तथा व्यवस्थापनबारे विभिन्न १८ बुँदे परिपत्र गरेका छन् । स्थानीय तहको कामकारबाहीलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, जनउत्तरदायी, जबाफदेही र प्रभावकारी बनाई सुशासन कायम गर्न प्रशासकीय अधिकृतको भूमिका महत्त्वपूर्ण रहने भन्दै कार्यसम्पादन तथा व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी तथा जनउत्तरदायी बनाउन भन्दै उक्त निर्देशन दिइएको...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)
देशको पहाडी भू-भागका केही स्थानहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम आँशिक बदली देखि सामान्यतया सफा रहेको छ।२०७९...
काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले यूएईलाई १ सय ७७ रनको विशाल अन्तरले पराजित गरेको छ । यस जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि जोगाएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै केबल ७१ मा समेटियो ।...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू मन्त्री बन्ने दौडमा अहिले नरहेको बताएका छन्। आफू कांग्रेसको महामन्त्री र सांसद रहेको उल्लेख गर्दै उनले पार्टीकै काम गर्ने र संसदमै आफ्ना कुरा राख्ने बताए। सेजनले आज काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै थापाले आफू मन्त्री नबन्ने पनि बताए।‘मैले ५ वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो। संसद र प्रधानमन्त्रीकहाँ यो कुरा...
यौन सम्पर्क खासगरी विवाहित दम्पतीको दिनचर्याकै एउटा हिस्सा हो । नव–दम्पतीबीच रातमा कति पटक यौन सम्पर्क स्थापित हुन्छ । जब उमेर ढल्कदै जान्छ वा बैवाहिक जीवन लम्बिदै जान्छ, यौन सम्र्कको दर पनि क्रमस घट्दै जान्छ । थुप्रै दम्पतीबीच यौन सक्रियतामा असन्तुलन हुनेगर्छ । कतिले आफ्नो पार्टनर यौनमा उदासिन भएको बताइरहेका हुन्छन् । त्यसैगरी कतिले आफ्ना पार्टनर यौनमा बढी नै...










