यी हुन् कालो सूचीमा परेका २३ निर्माण कम्पनी

58

काठमाडौँ । २३ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालो सूचीमा छन् । समयमै काम सम्पन्न गर्न नसकेका कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो ।

कार्यालयले कालो सूचीमा परेका कम्पनीको नाम सार्वजनिक गर्दै यी कम्पनीले तोकिएको अवधिसम्म कुनै खरिदको काममा सहभागी हुन नसक्ने जनाएको छ । २३ कम्पनीलाई कम्तिमा एक वर्षादेखि बढीमा तीन वर्षसम्मका लागि कालो सूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ । विकास निर्माण सेवा, बिजनेस नेपाल कन्सल्टेन्सी, राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र बाँकीलाई दुई, साढे एक र एक वर्षका लागि कालो सूचीमा राखिएको छ ।