Sunday, September 27, 2026
Home राजनीति ‘म मन्त्री हुन्न’

‘म मन्त्री हुन्न’

27

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू मन्त्री बन्ने दौडमा अहिले नरहेको बताएका छन्। आफू कांग्रेसको महामन्त्री र सांसद रहेको उल्लेख गर्दै उनले पार्टीकै काम गर्ने र संसदमै आफ्ना कुरा राख्ने बताए। सेजनले आज काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै थापाले आफू मन्त्री नबन्ने पनि बताए।

‘मैले ५ वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो। संसद र प्रधानमन्त्रीकहाँ यो कुरा उठाउने हो,’ उनले भने, ‘न म अहिले मन्त्री बन्ने हो, न म अहिले मन्त्री बन्न मिल्छ। कांग्रेस सरकारमा रहिरहँदा सफल बनाउने हो।’सरकार कति दिन टिक्यो भन्ने आधारमा सफलता नाप्न नहुने उनले बताए। ‘परिणाम के दियो भन्ने आधारमा हेर्ने हो,’ उनले भने, ‘नत्र ५ वर्ष खेर जान्छ।’ उनले आफू मन्त्री हुनेभन्दा पनि पार्टीकै महामन्त्री भएको पनि बताए। ‘म पार्टीको महामन्त्रीनै छु नि१,’ उनले भने, ‘मलाई मन्त्री होइन प्रधानमन्त्री चलाउँछु भनेर विश्वास लागेको हो। संसदीय दलमा नेता लडेको हो। तर संसदीय दल नेता बन्न सकिनँ। सांसद साथीहरूको विश्वास जित्न सकिनँ।’