काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत पपुवा न्युगिनी पीएनजीविरुद्ध नेपाल ९ विकेटले विजयी भएको छ। कीर्तिपुर क्रिकेट मैदानमा पीएनजीले दिएको जम्मा ९५ रनको लक्ष्य नेपालले ७ दशमलब ४ ओभरमा एक सय रन बनाउँदै जितेको हो। नेपालका लागि आसिफ शेखले २१ बलमा ५३ रनको नटआउट पारी खेले । उनले ८ चौका र ३ छक्का प्रहार गरे । २ छक्का...
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। दिउँसो १ बजे शीतलनिवासमा आयोजित विशेष समारोहबीच पौडेलले शपथ लिएका हुन्।कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराएका हुन्।नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए।
ललितपुर । जिल्लाको चापागाउँमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुई वटा मूर्ति चोरी भएको छ ।चापागाउँमा रहेको पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको हो ।चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि गएको १७ गते पनि मूर्ति चोरी भएको थियो । चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन चोरी भइसकेको जनाइएको छ । बुद्धको मूर्ति भएको स्तूपा...
बीबीसी । नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल पूरा हुन लागेसँगै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नयाँ राष्ट्रपति निर्वाचित भएका छन्। देशमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गरेको १५ वर्ष हुन लागेको छ। आम सर्वसाधारण राष्ट्राध्यक्ष बन्ने ढोका खुलेसँगै त्यसले राष्ट्रप्रमुखका नाममा देशले बेहोर्दै आएको व्ययभार पनि कम हुने अपेक्षा आम सर्वसाधारणले गरेका थिए। तर बेला बखत खास...
चितवन । जिल्लाका दुई वडामा खोरेत रोग मुक्त अभियानको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–६ र रत्ननगर नगरपालिका–१२ मा सो अभियान सञ्चालन गर्न लागिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले दुई वडालाई खोरेत रोग मुक्त अभियान सञ्चालनको लागि काम सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार दुई पालिकाका दुई वडामा कार्यक्रम सञ्चालनका...
काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले जितका लागि ९६ रनको लक्ष्य पाएको छ । सन्दीप लामिछाने एक्लेले पाँच विकेट लिएपछि पपुवा न्युगिनीको पारी ९५ रन समेटीयो ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर खेल्दै...
काठमाडाैँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेल साेमबार शितलनिवास सर्दैछन्।राष्ट्रपतिको कार्यालयले राष्ट्रपति पाैडेलकाे शपथका लागि दिउँसो १ बजे शीतलनिवासमा विशेष समारोहको आयोजना गर्दैछ। शपथपश्चात् उनी शितलनिवासमा सर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने जनाइएको छ। पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले झन्डै साढे ७ वर्षपछि आज शीतल...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह सोमबार लण्डन जाँदैछन्। मेयर शाह लण्डनमा हुन लागेको ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’कार्यक्रममा सहभागी हुन जान लागेका हुन्।सचिवालयका अनुसार फागुन ३० देखि ३ दिन लण्डनमा हुने कार्यक्रममा सहभागी हुन बालेनसहित ४ सदस्यीय टोली आज साँझ लण्डन जान लागेको हो।टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य...
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला छ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार एक सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ सय छ ।...
काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेलिरहेको छ।पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।नेपालले १४औँ ओभरमा तेस्रो सफलता हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन्। उनले सेसे बाउलाई १८ रनमा बोल्ड गरे। तेस्रो विकेट...










