Monday, September 28, 2026
Home राजनीति मेयर बालेन शाह ४ सदस्यीय टोलीसहित आज लण्डन जाँदै

मेयर बालेन शाह ४ सदस्यीय टोलीसहित आज लण्डन जाँदै

155

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह सोमबार लण्डन जाँदैछन्। मेयर शा‍ह लण्डनमा हुन लागेको ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’कार्यक्रममा सहभागी हुन जान लागेका हुन्।

सचिवालयका अनुसार फागुन ३० देखि ३ दिन लण्डनमा हुने कार्यक्रममा सहभागी हुन बालेनसहित ४ सदस्यीय टोली आज साँझ लण्डन जान लागेको हो।

टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद जैसवाल रहेका छन्। मेयर बालेनले काठमाडौँ महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई दिएका छ्न्।