Monday, September 28, 2026
Home राजनीति नवनिर्वाचित राष्ट्रपति पाैडेल आज शितलनिवास सर्ने

नवनिर्वाचित राष्ट्रपति पाैडेल आज शितलनिवास सर्ने

116

काठमाडाैँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेल साेमबार शितलनिवास सर्दैछन्।

राष्ट्रपतिको कार्यालयले राष्ट्रपति पाैडेलकाे शपथका लागि दिउँसो १ बजे शीतलनिवासमा विशेष समारोहको आयोजना गर्दैछ। शपथपश्चात् उनी शितलनिवासमा सर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने जनाइएको छ। पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले झन्डै साढे ७ वर्षपछि आज शीतल निवास छाड्दै छिन्।