Thursday, May 7, 2026
Home Blog Page 401
काठमाडौं । नेपाली कांग्रेसका सांसद अजय चौरासीयाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सत्ता स्वार्थका लागि चीनलाई उकासेको आरोप लगाएका छन् । उनले मुस्ताङमा बौद्ध विश्‍वविद्यालय बनाउने विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको टिप्पणी गैरजिम्मेवार भएको बताएका छन् ।उनले भने, ‘कुनै पनि गाउँपालिकाले कुनै दूतावासलाई चिठी लेख्‍न सक्छ । त्यसमा सरकारको स्वीकृतिबिना कुनै पनि दूतावासले लगानी गर्न सक्दैन भन्‍ने त...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको जन्म आमा ऋषिमाया र बुबा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साबिक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनकी श्रीमती सविता पौडेल तथा चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा) र एक छोरा (चिन्तन) छन् ।मध्यम वर्गीय किसान परिवारमा जन्मिएका पौडेलको स्थायी बसोबास तनहुँको व्यास-८ बेलथुम्की हो । हाल काठमाडौँ महानगरपालिका-१६ बोहोराटारमा बस्दै...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाइन मिडियाले विश्वसनीय विषयवस्तु सम्प्रेषण गर्नुपर्ने बताएकी छन् । ‘नारी नेपाल अनलाइन पत्रिका’को आज यहाँ उद्घाटन गर्दै उनले अनलाइन मिडियाको विकास व्यापकरुपमा भइरहेको उल्लेख गर्दै सत्य तथ्य, निष्पक्ष र विश्वसनीय समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह गरिन् ।मन्त्री शर्माले सञ्चारमाध्यमले मानव जीवनका सामाजिक क्षेत्र तथा समाजलाई आशावादी बनाउने गरी विषयवस्तु सम्प्रेषण...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोगको फाइदा मात्रै रहेको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गर्दै  प्रबन्ध निर्देशक घिसिङले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत् खपत पनि बढाउने कार्य योजना रहेकाले सोही अनुरूप विद्युतीय सवारी साधनहरू आइरहेका बताए ।  उनले...
निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार राष्ट्रपति भवन शीतलनिवासमा उपहार प्रदान गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार दिउँसो आयोजित विशेष समारोहका बीचमा पौडेलले पदभार ग्रहण गरेका हुन्।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका थिए। शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति लगायतको उपस्थिति थियो। पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। सो अवसरमा राष्ट्रपति...
काठमाडौँ । सर्वोच्च अदालतले कृषिमा विदेशी लगानी ल्याउन पाउने फैसलामा डेरी एसोसिएसन अफ नेपालले विरोध जनाएको छ । यही वर्ष २०७९ जेठ २० गते कृषिमा विदेशी लगानी गर्न पाउने गरी फैसला सर्वोच्च अदालतले गरेको थियो । तर, उक्त फैसलाको विरोधमा डेरी एसोसिएसन उत्रिएको हो ।राज्यले विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्नु अत्यन्तै गैर जिम्मेवारीपूर्ण निर्णय भएको एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताएका...
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर नगएको प्रतिक्रिया दिएका छन्।माओवादीनिकट शिक्षक सङ्गठनको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अब छिट्टै माओवादी घटकहरू एकै ठाउँमा आउने दाबी गरे।उनले भने, ‘विस्तृत शान्ति सम्झौता भन्दा बाहिर अध्यक्ष तथा प्रधानमन्त्रीमाथि नै केही होला कि भन्ने तरङ्ग र चिन्ता पैदा भयो। तर, म...
काठमाडौँ । बागमती सरकारले मन्त्रालयका भवनहरू हेटौँडा उपमहानगरपालिका–१६ हटियामा बनाइने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले हटियाको शिबम् सिमेन्ट उद्योगसँग जोडिएको जग्गामा मन्त्रालयको भवन र अन्य महत्त्वपूर्ण पूर्वाधारहरू बनाउन वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने निर्णय गरेको हो ।प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारले मकवानपुरका विभिन्न स्थानमा जग्गा पहिचान गरी त्यस स्थानमा प्रदेश संरचना...
काठमाडौँ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा भएकी छन् । भण्डारी लगातार दुई कार्यकाल पूरा गरी आज शीतल निवासबाट बिदा भएकी हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल गाडीमै पुगेर बिदाइ गरेका छन् ।