Monday, September 28, 2026
Home खेलकुद पिएनजीविरूद्ध नेपाललाई तेस्रो सफलता

पिएनजीविरूद्ध नेपाललाई तेस्रो सफलता

26

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेलिरहेको छ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।

नेपालले १४औँ ओभरमा तेस्रो सफलता हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन्। उनले सेसे बाउलाई १८ रनमा बोल्ड गरे। तेस्रो विकेट गुमाउँदा पिएनजीले ४९ रन जोडेको थियो।

नेपालले सातौँ ओभरको पाँचौँ बलमा दोस्रो सफलता हात पारेको थियो। नेपालका लागि सोमपाल कामीले दोस्रो सफलता दिलाए।

उनले १४ रन बनाएर खेलिरहेका पिएनजीका हिरि हिरीलाई करन केसीको हातबाट क्याचआउट गराए।

त्यसअघि चौथो ओभरको तेस्रो बलमा ललितनारायण राजवंशीले पिएनजीका अर्का ओपनर किप्लिन डोरिगालाई बोल्ड आउट गरेका थिए। १६ बल खेलेका उनले २ रन जोडेका थिए।