Sunday, September 27, 2026
Home राजनीति अदालतको फैसलाले माओवादीको भँगालोलाई एकजुट बनायो

अदालतको फैसलाले माओवादीको भँगालोलाई एकजुट बनायो

91

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर नगएको प्रतिक्रिया दिएका छन्।

माओवादीनिकट शिक्षक सङ्गठनको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अब छिट्टै माओवादी घटकहरू एकै ठाउँमा आउने दाबी गरे।

उनले भने, ‘विस्तृत शान्ति सम्झौता भन्दा बाहिर अध्यक्ष तथा प्रधानमन्त्रीमाथि नै केही होला कि भन्ने तरङ्ग र चिन्ता पैदा भयो। तर, म बिल्कुल चिन्तित थिइन्। मलाई यो हामीलाई सहयोग गर्ने कुरा नै भइरहेको छ भन्ने लागेको थियो। हामी विभाजित माओवादीहरूलाई एकै ठाउँमा आउँ भन्ने आदेश हो जस्तो बुझे मैले। हामीलाई एक ठाउँमा ल्याउन मद्दत नै गर्‍यो। छिटो भन्दा छिटो ऐन अगाडि बढाउ भन्ने आदेश बुझे मैले।’

माओवादीहरू पनि केही समय विभिन्न भँगालोमा विभाजित भएपनि अब एकीकृत गर्ने समय आएको बताए। उनले भने, ‘हामी माओवादी नेतृत्वहरुले गम्भीर भएर बुझ्न जरुरी छ। त्यसैले अब छिट्टै ठुलो एकता हुन्छ भन्ने मलाई विश्वास छ।’