विद्युतीय सवारी साधनको प्रयोग बढाउन आग्रह

86
नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोगको फाइदा मात्रै रहेको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गर्दै  प्रबन्ध निर्देशक घिसिङले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत् खपत पनि बढाउने कार्य योजना रहेकाले सोही अनुरूप विद्युतीय सवारी साधनहरू आइरहेका बताए ।  उनले पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरूभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने दाबी गरे ।