काठमाडौं । सरकारी स्वमित्वको दुग्ध विकास संस्थान ले पनि दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानका महाप्रबन्धक सञ्जिव झाले बताए । बढेको दूधको मूल्य बिहीबारदेखि लागू हुने उनले बताए । अब डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७...
काठमाडौं । राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ। पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपति चुनावमा मतदान नगर्ने, तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। यही चैत ३ गते उपराष्ट्रपति निर्वाचन हुँदैछ। सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिका लागि उम्मेदवार छन्। राप्रपाले गत फागुन...
काठमाडौं । ‘हेलो रुकुम’ लेख्दै अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । यौन दुर्व्यवहारको अभियोगमा एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दोष सावित हुँदै जुटेका पल रुकुममा हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् । मुसिकोटमा जारी रूकुम महोत्सवमा सहभागी हुन बुधबार पल त्यसतर्फ हेलिकप्टरमा गएको तस्बिर उनले सार्वजनिक गरेका छन् । बुधबार साढे...
काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमका लागि कलेजहरुमा सिट संख्या बाँडफाँट गरेको छ । आयोगले स्नातक तहमा विदेशी समूह, सःशुल्क र खुला तथा आरक्षण छात्रवृत्तिमा सिट संख्या बाँडफाँट गरेको हो ।एमबीबीएसको १८९५ सिटमध्ये विदेशी विद्यार्थीका लागि ५५७ सिट छुट्याइएको छ। छात्रवृत्तिमा खुल्लातर्फ २३७ र समावेशीमा १९३ गरी ४३० सिट छुट्याइएको छ। सःशुल्कमा ८५९ सिट छ। नेपाली...
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सरसफाइ अभियानको १०० औं शृंखलाको अवसरमा पाँचवटा नयाँ घोषणा गरेको छ । जसमा नगरको ६ लेन सडकमा हर्न निषेध, पशु दर्ता र फोहरमैलाको वर्गीकरण सुरु र सुर्ती र गुट्खाजन्य पदार्थको बिक्री वितरण प्रतिबन्धजस्ता विषय छन् ।नगर प्रमुख रामकृष्ण खांणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान सुरु भएको घोषणा गरे । त्यस्तै तिलोत्तमा नगरपालिकाको ६...
काभ्रेपलाञ्चोक, (रासस) सरकारले भू–उपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार यहाँका आधाजसो स्थानीय तहले त्यसप्रति ध्यान दिइएको पाइँदैन । जग्गाको जथाभावी कित्ताकाट रोक्ने उद्देश्यले सरकारले गत जेठमा उक्त व्यवस्था गरेको थियो । यहाँका दश स्थानीय तहले छ महिना बितिसक्दासमेत जग्गा वर्गीकरण गरेका छैनन् । भू–उपयोग नियमावलीअनुसार कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी,...
काठमाडौं । बेनी-जोमसोम-कोरोला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम जारी रहेको छ । गौरी-पार्वती-कोषी एन्ड न्यौपाने जेभीले सो काम सम्पन्न गरेको हो ।मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुल जोड्नका लागि हाल कालोपत्रको काम धमाधम भइरहेको कम्पनीका प्रतिनिधि कमल भण्डारीले बताए । उनले सरोकारवाला निकायले चासोका साथ सहयोग...
बीबीसी । पाकिस्तानको मुख्य विपक्षी दलका नेता इमरान खानले आफूलाई पक्राउ गर्ने प्रयासस्वरूप अधिकारीहरू कानुनबाहिर गएर काम गरिरहेको बताएका छन्। उनले बीबीसीसँग भने, उनीहरू सबै देशको कानुनको अधीनमा हुनुपर्छ। तर उनले पाकिस्तानमा जङ्गली राजू रहेको आरोप लगाए।मङ्गलवार अदालतको आदेशपछि पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्न पुगेका प्रहरीको खान समर्थकसँग उनको निवासबाहिर मुठभेड भएको थियो। बुधवारसमेत उनलाई पक्राउ गर्न गरिएको अर्को प्रयासमा थप...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री दाहालले चैत ६ गते पुनस्प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी थालेको स्रोतको दावी छ।गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले पुस २६ गते...
काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न रोक लगाउने चेतावनी दिइएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बैशाखसम्म आफ्नो माग सम्बोधन नभएमा आगामी जेठदेखि फोहोर फाल्नमा रोक लगाउने चेतावनी दिएको हो । सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सहरी विकास मन्त्रालय र महानगरपालिकालाई पत्राचारमार्फत उक्त चेतावनी दिएको...










