चिकित्सा शिक्षा आयोगद्वारा सिट संख्या बाँडफाँट

31

काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमका लागि कलेजहरुमा सिट संख्या बाँडफाँट गरेको छ । आयोगले स्नातक तहमा विदेशी समूह, सःशुल्क र खुला तथा आरक्षण छात्रवृत्तिमा सिट संख्या बाँडफाँट गरेको हो ।

एमबीबीएसको १८९५ सिटमध्ये विदेशी विद्यार्थीका लागि ५५७ सिट छुट्याइएको छ। छात्रवृत्तिमा खुल्लातर्फ २३७ र समावेशीमा १९३ गरी  ४३० सिट छुट्याइएको छ। सःशुल्कमा ८५९ सिट छ। नेपाली  सेनाको मेडिकल कलेजमा नेपाली सेनाको कल्लाणकारी कोषबाट पढाउने कोटा ४९ जनाको छ।

बीडीएसको ५६० सिटमा सशुल्कतर्फ २७७ सिट छुट्याइएको छ। विदेशी विद्यार्थीका लागि १७५ सिट तोकिएको छ। छात्रवृत्तिमा १०८ सिट छुट्याइएको छ। जसमा खुल्लामा ५० र समावेशीतर्फ ४९ सिट तोकिएको छ।