इमरान खानलाई पक्राउ गर्ने प्रयास, पाकिस्तानमा मुठभेड

22

बीबीसी । पाकिस्तानको मुख्य विपक्षी दलका नेता इमरान खानले आफूलाई पक्राउ गर्ने प्रयासस्वरूप अधिकारीहरू कानुनबाहिर गएर काम गरिरहेको बताएका छन्। उनले बीबीसीसँग भने, उनीहरू सबै देशको कानुनको अधीनमा हुनुपर्छ। तर उनले पाकिस्तानमा जङ्गली राजू रहेको आरोप लगाए।

मङ्गलवार अदालतको आदेशपछि पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्न पुगेका प्रहरीको खान समर्थकसँग उनको निवासबाहिर मुठभेड भएको थियो। बुधवारसमेत उनलाई पक्राउ गर्न गरिएको अर्को प्रयासमा थप झडप भएका छन्।खानले पदमा रहँदा राज्यका उपहारहरू बेचेको आरोपहरू खेपिरहेका छन् जुन मुद्दालाई उनले राजनीतिक मनसायले प्रेरित बताएका छन्।