राप्रपाको निर्णयः उपराष्ट्रपति निर्वाचनमा भोट नहाल्ने

35

काठमाडौं । राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ। पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपति चुनावमा मतदान नगर्ने, तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। यही चैत ३ गते उपराष्ट्रपति निर्वाचन हुँदैछ। सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिका लागि उम्मेदवार छन्। राप्रपाले गत फागुन २५ मा पनि राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको थियो।