भक्तपुर । जिल्लामा पहिलो पटक आयोजना गरिएको ‘अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७९’ आज सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका–६, कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा फागुन २४ गतेदेखि सञ्चालन भएको महायज्ञसहितको महोत्सवमा दाताहरुबाट रु ८९ लाख सङ्कलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं महोत्सव आयोजक समितिका सचिव धर्मराज कार्कीले जानकारी दिए । दैनिक १३ हजारसम्म भक्तजनको उपस्थिति रहेको महोत्सवमा...
काठमाडौं । नेपाली कांग्रेस आसन्न उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल ९जसपा० का नेता रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । उपराष्ट्रपति पदको निर्वाचनमा यही चैत ३ गते हँुदैछ ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सत्तागठबन्धनका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा नेपालका नेता यादवलाई मत दिने निर्णय गरेको हो । बैठकले गत फागुन २५ गते राष्ट्रपतिमा...
एजेन्सी । बाँसको तामा, हाम्रो रैथाने परिकार । हुन त अहिले यसको सिजन होइन । यद्यपी जाडो याममा बाँसको तामाको परिवार निकै उपयोगी हुन्छ ।तामा मानव स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । यसलाई अचार, तरकारी वा सुपको रुपमा सेवन गर्न सकिन्छ । नेपालमा मात्र नभई दक्षिण एसियामा बाँसको तामाको प्रचलन छ ।उपयोगिता- गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा...
मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ ।नियमित सेक्स गर्दा के के फाइदा हुन्छः
१. टाउको दुख्ने
नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम...
पोखरा । चितुवाको आक्रमणमा परेरबाट २ जना घाइते भएका छन् । आज बिहान पोखरा(१८ भकुन्डेमा चितुवा आक्रमणबाट दुई जना घाइते भएका हुन । बैदाम प्रहरीका अनुसार तुल्सीकुञ्ज कालिज फार्ममा पसेको चितुवाले आक्रमण गर्दा सोही फार्ममा काम गर्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र राजेश तिमिल्सिना घाइते भएका हुन् । घाइते दुवैको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था...
उदयपुर– हरियो तरकारी उत्पादनका उदयपुर लागि उर्वर भूमि मानिए पनि हरियो तथा मौसमी तरकारीहरू उत्पादन घट्दा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ, भएको तरकारीको आयात बढ्न थालेको छ । फागुनको पहिलो हप्तासम्म स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारीले जिल्लाभित्र धाने पनि मौसमी तरकारीको उत्पादन कम हुँदा रासायनिक पदार्थ प्रयोग गरिएको र आयातित महँगो तरकारी किनेर खान बाध्य भइएको उपभोक्ताहरू बताउँछन् ।केही समयदेखि...
चितवन । मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम लागू गर्न चितवनमा जनप्रतिनिधि र स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको छ। कार्यक्रम लागू गर्न जनस्वास्थ्य कार्यालय चितवनले अभिमुखीकरण तालिम दिएको हो।कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नागरिकलाई स्वस्थ राख्ने यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताए।उनले नमुनाको रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । अधिकारीले पालिकाका स्वास्थ्य शाखा÷महाशाखाका कर्मचारीले जिम्मेवारीपूर्वक कार्यक्रम कार्यान्वयन...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेश प्रमुखहरूले भेटवार्ता गरेका छन्। काठमाडौँ आएका उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेका हुन्।प्रदेश प्रमुखहरू र प्रधानमन्त्रीबीच बुधबार बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री सचिवालयले जनाएका
छ । उक्त भेटवार्तामा प्रदेशलाई बलियो बनाउन सङ्घले गर्नुपर्ने सहयोगलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ।
काठमाडौँ । सवारी चालकका १० जना कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले अवस्था ठिक नभएका सवारी चालकलाई कारवाही गरेको हो ।यान्त्रिक परीक्षण गर्दा हेण्ड ब्रेक नभएका, लाइट दुरुस्त नभएका र टायर धेरै घिस्रिएका सवारी चलाउने चालकलाई कारबाही गरिएको छ ।
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले बढेको छ । यससँगै सूचक १९५३.०६ अंकमा आइपुगेको छ ।यो सेसनमा ११ कम्पनीको ४१९ कित्ता सेयर कारोबार भएको हो । कुल ११ वटा कारोबार भएको हो । १ लाख ४८ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।










