हाम्रो नेपालमाः सुर्ती र गुट्खा बिक्रीमा प्रतिबन्ध

177

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सरसफाइ अभियानको १०० औं शृंखलाको अवसरमा पाँचवटा नयाँ घोषणा गरेको छ । जसमा नगरको ६ लेन सडकमा हर्न निषेध, पशु दर्ता र फोहरमैलाको वर्गीकरण सुरु र सुर्ती र गुट्खाजन्य पदार्थको बिक्री वितरण प्रतिबन्धजस्ता विषय छन् ।

नगर प्रमुख रामकृष्ण खांणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान सुरु भएको घोषणा गरे । त्यस्तै तिलोत्तमा नगरपालिकाको ६ लेन सडकलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । एम्बुलेन्स, सुरक्षाकर्मी, शववाहन, दमकललगायत आकस्मिक प्रयोजनमा गुड्नेबाहेकका सवारीसाधनलाई हर्न प्रयोग गर्न पाउने छैनन् ।

नगरपालिकाले कुहिने र नकुहिने फोहर अलग—अलग रुपमा संकलन पनि सुरु गरेको छ । नगरमा गुट्खाजन्य पदार्थको उत्पादन, बिक्री—वितरण र ओसारपसार गरेको पाइएमा स्थानीय कानुनअनुसार दण्ड—जरिवाना हुने पनि नगरपालिकाले जनाएको छ ।