काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको संलग्नता नरहेको आईजीपीको सचिवालयले जनाएको छ । बुधबार सचिवालयका प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले प्रेस विज्ञप्ति जारी गर्दै कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइँदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी आइजीपीलाई विवादमा तान्नु निन्दनीय रहेको...
भक्तपुर । मित्रश्री पाठशाला चाँगुनारायण २, दुवाकोट भक्तपुरमा बुद्ध डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा तीन दिने दन्त स्वास्थ्य शिविर सुरु भएको छ । आज बुधबारदेखि सुरु भएको निः शुल्क दन्त परिक्षण शिविर शुक्रबारसम्म चल्ने विद्यालयका प्रार्चाय दीपक बिष्टले जानकारी दिएका छन् । १० गते (आज) पहिलो दिन नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु, शिक्षक, कर्मचारी र अभिभावकको दाँतको परिक्षण गरिएको छ...
काठमाडौं : नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २१ खर्ब रूपैयाँ नाघेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ। कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७३ हजार ८६० रूपैयाँ बराबर पर्न जान्छ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले १० खर्ब ८३...
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि गम्भीर र यथार्थपरक छानबिनको माग गरेका छन्। सांसदहरुले सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा प्रविधिको उच्च प्रयोग, नागरिकता विधेयक प्रमाणीकरण, जातीय विभेद्को अन्त्यलगायतका विषय उठान गरेका छन्। सांसद बिजुला रायमाझीले अर्घाखाँचीको भूमिकास्थान–५ का बाबुराम पुन भारतको पञ्जाब लडेर घाइते भएको र उनको परिवार विचल्ली भएकाले राज्यका तर्फबाट...
धनगढी : कैलालीमा भन्सार छलीको मालसामान छाडिदिन भन्दै प्रहरीलाई घुस दिन खोज्ने एक पुरुष समातिएका छन्। बुधबार धनगढी उपमहानगरपालिका-२ त्रिनगर व्यारलमा भारतबाट भन्सार छली गरी ल्याएको आठ हजार बराबरको सामान पास गरेबापत घुस दिन खोज्ने भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतको पलिया बस्ने ५० वर्षीय सुधिर गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी...
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले २०४६ सालयता उच्च ओहोदामा रहेकाहरुको सम्पत्ति छानविन हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन।
बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले स्रोत नखुलेका वा कर नतिरेका सम्पत्तिहरु जफत हुने गरी उच्च ओहोदामा रहेकाहरुको सम्पत्ति छानविन गर्न पनि...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार न्यूनीकरण हुने धारणा व्यक्त गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क प्राप्त गर्न सकेमा भ्रष्टाचारमा कमी आउने धारणा व्यक्त गरेका हुन्। उनले भ्रष्टाचार नियन्त्रणका लागि केवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै बलियो...
काठमाडौं : नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिने भएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले दुई दिन समय थप गर्न लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले जानकारी दिए। एसपी रिजालका अनुसार पक्राउ परेका १६ जनाको उपस्थितिमा काठमाडौं जिल्ला अदालत पुगेर दुई दिन समय थपको...
गोरखा : जिल्लाको सहिद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ संग्रालय निर्माण गरिएको छ। चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन लागको उक्त समुदायको भेषभूषा तथा कला संस्कृतिको संरक्षणका लागि संग्रालय निर्माण गरिएको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिए। आर्थिक वर्ष २०७८÷७९ र २०७९÷८० मा वडा कार्यालयले विनियोजन गरेर संग्रालय निर्माणको काम...
काठमाडौं : देशका पाँच जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। काठमाडौं, शंखरापुर नगरपालिका-९ इन्द्रायणीस्थित सडकमा बा.प्र ०२-०११ प ४५१७ नम्बरको मोटरसाइकलले बागमती प्रदेश ०२-०३३ प ८१७८ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक रामेछाप सुनपाती गाउँपालिका-२ घर भएका ५७ वर्षीय आङ्गे तामाङ शेर्पाको मृत्यु भएको छ। दुर्घटनाका गम्भीर घाइते भएका उनको शुष्मा कोइराला मेमोरियल...










