Thursday, April 30, 2026
Home Blog Page 330
जनकपुरधाम : मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको मधेस प्रदेश सरकारले आज मन्त्रीमण्डल विस्तार गर्ने भएको छ। नेपाली कांग्रेसका दुई र नेकपा एसका एक मन्त्रीसहित मन्त्रीमण्डल विस्तार हुने भएको हो।​नवनियुक्त मन्त्रीहरूले आजै दिउँसो ११ बजे शपथ लिने तयारी समेत भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। एमालेले समर्थन फिर्ता लिएपछि खाली रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा कांग्रेसका संसदीय दलका नेता...
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर टेकुले सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। झण्डै दुई महिना लामो अनुसन्धानपछि प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन बुझाएको हो। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि ठगी गर्ने कार्यमा ३३ जना संलग्न रहेको निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाएको प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए। ३३ जनामध्ये १६...
काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को निति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताएका हुन्। त्यसअघि नेकपा (एमाले)का सांसद योगेश भट्टराईले बोल्ने क्रममा नीति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै आपत्ति जनाएका...
काठमाडौं : सत्तारुढ नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले सो नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेका थिए। सोमबार प्रतिनिधिसभा बैठकमा उनले सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताएका हुन्। आफूहरुले पनि विगतमा सरकारहरुले ल्याएका नीति तथा कार्यक्रम र बजेट पढेको उल्लेख गर्दै...
चिनियाँ युवाको ठूलो जमात रोजगारीको खोजीमा हैरानी भोगीरहेको छ। न्यूयोर्कस्थित टेलिभिजन नेटवर्क एनटिडीकाअनुसार काम नपाएर युवावर्ग तनावमा छ। यद्यपि उनीहरूले कामको खोजीलाई जारी राखेका छन्। कोभिड–१९ को महामारी नियन्त्रणका निम्ति लगाइएका प्रतिबन्ध हटाइएको महिनौँ बितिसक्दा पनि रोजगारी बजारमा युवा पुस्ताले सङ्घर्ष गर्नुपरेको छ। चीनको राष्ट्रिय तथ्यांक ब्यूरोले जारी गरेको गत महिनाको तथ्यांकमा पनि स्थिति झन् खराब हुँदै गएको देखाइएको...
जुम्ला : जुम्लाको पातारासी गाउँपालिकामा काली मार्सी धान रोपाइँ गरिएको छ।विश्वको सबैभन्दा उच्च स्थानमा धान फल्ने उपमा पाएको छुमचौर ज्युलोमा आइतबार महोत्सव आयोजना गरी रोपाइँ गरिएको हो। स्थानीय सरकार र कृषि विकास कार्यालयको अगुवाइमा कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री भीमप्रकाश शर्माले खेतमा काली मार्सी धान रोपेर महोत्सव उद्घाटन गरे।मन्त्री शर्माले जुम्लाका किसानले रैथाने बालीको...
बझाङ : यार्सा सङ्कलन गर्ने क्रममा बझाङमा गएको हिमपहिरोमा परी बेपत्ता भएका २ किशोरीको शव फेला परेको छ। आइतबार माथिबाट आएको हिमपहिरोमा परी जयपृथ्वी नगरपालिका—११ घर भएकी १७ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामी बेपत्ता भएकी थिए। आइतबार बिहान हिमपहिरोमा बेपत्ता भएका उनीहरुको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले...
काठमाडौं : भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु—भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताएका छन्। सोमबार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू मन्त्री हुँदा यस सडक खण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिएको बताए। उनले अहिले काम...
काठमाडौं : लुम्बिनी प्रदेशमा सोमबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ। रिक्त रहेका ६ मध्ये दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागिएको हो। आइतबार बसेको लुम्बिनी प्रदेश मन्त्रीपरिषदको बैठकले मन्त्रालयको संख्या थपघट नगर्ने र राज्यमन्त्री पनि नराख्ने निर्णय गरेको छ । उसका कारण चार रिक्त मन्त्रालयमा आज दुई जनालाई मन्त्री बनाउने तयारी भएको हो। कांग्रेसबाट राजु खनाल र जसपाबाट भण्डारीलाल अहिर मन्त्री...
काभ्रे । जिल्लाको मण्डनदेउपुर वडा न. १ हलेदेमा गाडी दुर्घटना भएको छ । कातिकेबाट चुरिथुम्का जादैं गरेको बा. ५ च ६३७६ नम्बरको स्कर्पिओ गाडी हलेदे नजिकै दुर्घटना भएको स्थानीय कुशल पण्डितले जानकारी दिएका छन् । उत्त गाडीमा सवार चालक सहित ८ जनानै घाईते भएका छन । चालक र अर्को एकजनाको अवस्था भने गम्भीर रहेको छ । घाईतेहरुको शंकरापुर स्थित...