मित्रश्री पाठशालामा दन्त शिविर सुरु, शुक्रबारसम्म चल्ने

68

भक्तपुर । मित्रश्री पाठशाला चाँगुनारायण २, दुवाकोट भक्तपुरमा बुद्ध डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा तीन दिने दन्त स्वास्थ्य शिविर सुरु भएको छ । आज बुधबारदेखि सुरु भएको निः शुल्क दन्त परिक्षण शिविर शुक्रबारसम्म चल्ने विद्यालयका प्रार्चाय दीपक बिष्टले जानकारी दिएका छन् । १० गते (आज) पहिलो दिन नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु, शिक्षक, कर्मचारी र अभिभावकको दाँतको परिक्षण गरिएको छ ।
भोली विहिबार ११ गते अभिभावकको उपस्थितीमा दाँतमा समस्या भएका विद्यार्थीहरुको उपचार गर्ने छौं, प्रार्चाय विष्टले भने ।
१२ गते शुक्रबार अभिभावक सहितको वृहत भेला गरेर दाँतको हेरचार उपचारबारेमा जनचेतना मुलक कार्यक्रम गरि स्वास्थ्य शिविर समापन गरिने विद्यालयले जानकारी दिएको छ ।
यस विद्यालयले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसंगै व्यवहारिक कुरा सिकाउदैं समाजको असल नागरिक बन्ने प्ररित गर्दै आएको प्रार्चाय विष्टको भनाई छ ।