भक्तपुर । भक्तपुरमा चार जना युवाहरु नेपाली कांग्रेस त्यागेर राप्रपामा प्रवेश गरेका छन् ।
राप्रपा भक्तपुर जिल्ला समितिले दिएको जानकारी अनुसार रामेश्वर पोखरेल, नवराज पुरी, अशोक ट्याट र शिवराज कार्की रहेका छन् । उनीहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले पार्टीमा स्वागत गरेका हुन् ।
भक्तपुर । चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधीको एक वर्ष कार्यकाल पुरा भएको छ ।
सो अवसर पारेर नगरपालिकाले बुधबार एक कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थी, वडाअध्यक्षहरु, अन्य जनप्रतिनिधी, कर्मचारीलयातको उपस्थिती रहेको थियो ।चाँगुनारायण नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको १ वर्षे कार्यकालको उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा नगर प्रमुख श्री जीवन खत्रीद्वारा प्रस्तुत भएको मन्तव्य नेपालको...
भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसा नेविसंघले अराजकशैली प्रस्तुत गरेको भन्दै अन्य संगठनले विरोध जनाएका छन् । त्रिविले भक्तपुर बहुमुखी क्याम्पसको प्रमुखमा कविता लुइँटेललाई जेठ २१ गते नियुक्त गरेको थियो। जेठ २३ गते नेविसंघले क्याम्पसमा तालावन्दी, क्याम्पसको भौतिक सम्पत्तिमाथि क्षति पुर्याउनुका साथै क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याएका थिए । नेविसंघले भक्तपुर बहुमुखी क्याम्पसका प्रमुख कविता लुइँटेललाई अभद्र व्यवहार गरेको भन्दै...
धनगढी : कैलालीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको गौरिगङ्गा नगरपालिका- १ स्थित केदारेश्वर सामुदायिक वनमा २८ वर्षीया कविता बुढा मृत फेला परेकी हुन्। उनी विवाहित महिला हुन्।
प्रहरी स्रोतका अनुसार उनको शव हिजो वनमा खाल्डोभित्र गाडिएको अवस्थामा फेला परेको हो। बुढाका परिवारले उनी हराएको भन्दै सोमबार मात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। उनको हत्या गरेर शव गाडिएको...
काठमाडौं : पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्। कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए। कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ। कोषले खबर गरेपछि घटनास्थल पुग्दा राना झुण्डिएको...
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले बजेटमा राजस्वमारा मुसाको प्रवेश गरेको आरोप लगाएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले करको दर निर्धारण गर्न पूर्व कर्मचारी वा व्यापारिक घरनाका प्रतिनिधिनै खुलेआम रुपमा राखेर अर्थतन्त्र संकटमा पर्यो भनेर रोइलो गर्नुको अर्थ नरहेको बताएका छन्। विगतमा कर निर्धारणमा अवान्छित व्यक्तिको संलग्नताकै कारणले दुवै छिमेकीको अर्थतन्त्र सकारात्मक रहेको अवस्थामा नेपाल...
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादीहरूसँगको गोली हानाहानमा एकजना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ।पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सोमबार अफगानिस्तानसँग सीमा जोडिएको जिल्ला दक्षिण वजिरिस्तानको लधा क्षेत्रमा गोलीबारी भएको जनाएको छ। घटनापछि सो क्षेत्रमा फेला परेका अन्य आतंकवादीहरूलाई हटाउनका लागि सो क्षेत्रको कारबाही थालिएको छ। पाकिस्तानी सुरक्षा बलहरू देशबाट आतंकवादको...
नेपालगञ्ज : नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो। सूचनालाई बेवास्ता गर्दै बिदा नदिने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ। उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सामुदायिक, मदरसा र निजी विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुनेगरी आइतबारदेखि २३ गते मङ्गलबारसम्म बन्द गरिएको सूचना...
काठमाडौं : राष्ट्रिय सभाको बैठक भोलिका लागि सरेको छ। आज ११ बजेका लागि बोलाइएको बैठक भोलि बिहान ११ बजेर ११ मिनेटका लागि सारिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बुधबारका लागि बैठक स्थगित गरेको जनाइएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन...
काठमाडौं : काठमाडौं महानगपालिकाले विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने ३४२ वटा विद्यालयको नाम सार्वजनिक गरेको छ। जेठ १५ भित्र छात्रवृत्ति प्रदान गरी त्यसको विवरण पठाउन महानगरले गरेको निर्देशनको अवज्ञा गर्ने निजी विद्यालयको नाम महानगरले सार्वजनक गरेको हो। ती विद्यालयलाई जेठ २८ भित्र छात्रवृत्ति प्रदान गरि विवरण महानगरमा पठाउन भनेको छ। महानगरको निर्देशन अवज्ञा गर्ने विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने...








