Tuesday, April 28, 2026
Home Blog Page 324
काठमाडौं : राष्ट्रिय सभाको बैठक भोलिका लागि सरेको छ। आज ११ बजेका लागि बोलाइएको बैठक भोलि बिहान ११ बजेर ११ मिनेटका लागि सारिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बुधबारका लागि बैठक स्थगित गरेको जनाइएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन...
काठमाडौं : काठमाडौं महानगपालिकाले विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने ३४२ वटा विद्यालयको नाम सार्वजनिक गरेको छ। जेठ १५ भित्र छात्रवृत्ति प्रदान गरी त्यसको विवरण पठाउन महानगरले गरेको निर्देशनको अवज्ञा गर्ने निजी विद्यालयको नाम महानगरले सार्वजनक गरेको हो। ती विद्यालयलाई जेठ २८ भित्र छात्रवृत्ति प्रदान गरि विवरण महानगरमा पठाउन भनेको छ। महानगरको निर्देशन अवज्ञा गर्ने विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने...
भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटमा रहेको मित्रश्री पाठशालामा चित्रकला प्रतियोगीता सम्पन्न भएको छ । सोमबार उक्त दिवसको अवसर पारेर पाठशालाका विद्यार्थीहरुले दुवाकोट वरपरका बस्तीमा सचेतनामुलक र्याली समेत गरेका छन् । चित्रकला प्रतियोगीतामा कक्षा ३देखि ८ सम्मका छात्रछात्राहरु र र्यालीमा कक्षा ६ देखि १० सम्मका छात्रछात्राहरु सहभागी भएका पाठशालाका प्रार्चाय दीपक...
भक्तपुर । युवतीलाई दुव्र्यहार गरेको भन्दै प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले पक्राउ गरेको छ । उनको स्थायी घर जुम्ला तिला गाउँपालिका-९ रासा हो । अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राउतलाई पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल टिकटकमार्फत पीडित महिलासँग साथी बनाएका थिए।...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भारत भ्रमणको निम्तो दिएको बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा समकक्षी मोदीलाई निम्ता गरेको बताए। ‘मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई नेपाल भ्रमणको निम्तो दिएको छु। उहाँले सन् २०१४, २०१८ र २०२२ मा नेपालको भ्रमणको स्मरण गर्दै नेपाल भ्रमणलाई ठूलो महत्व दिएको र...
काठमाडौं : हिन्दी र मराठी चलचित्रकी चर्चित अभिनेत्री सुलोचना लाटकारको निधन भएको छ। ९४ वर्षको उमेरमा आइतबार साँझ मुम्बईमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ​श्वासप्रश्वासकी बिरामी उनलाई मे ८ मा दादरको सुश्रुत अस्पतालमा भर्ना गरिएको थियो। त्यहीँ साँझ ६ बजे उनको निधन भएको हो। सुलोचनाको निधनमा बलिउडका कलाकारहरूले श्रद्धाञ्जली दिएका छन्। उनको पार्थिव शरीर सोमबार प्रभादेवीस्थित निवासमा...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतबाट ‘भैंसी चढेर आएको’ भन्ने शब्दले संसद बैठकमा हंगामा भएको छ। रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रश्न सोध्ने क्रममा ‘भैंसी चढेर आएको’ भन्ने शब्द प्रयोग गरेपछि सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदले आपत्ति जनाए।‘हामी चाहन्थ्यौं प्लेन चढेर भर्खरै आफैंले उद्घाटन गरेको पोखरा विमानस्थलमा अवतरण गर्नुहुन्छ भनेर तर यहाँ भैंसी चढेर आएका कुराहरू...
काठमाडौं : नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रहित विपरीतको अभिव्यक्ति दिएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डप्रति प्रश्न गर्दै कालापानीसहितका क्षेत्रलाई सट्टापट्टा गर्न सकिने उनको अभिव्यक्ति राष्ट्रहीतविपरीत रहेको बताएका हुन्। ‘प्रधानमन्त्रीज्यूले अन्तर्वार्तामा कालापानीसहितका विषयलाई सट्टापट्टा गर्न सकिने विषय राख्नुभयो। नेपालको भूमि यस प्रकारले सट्टापट्टा गर्ने अधिकार प्रधानमन्त्रीज्यूलाई कसले दियो? उहाँले दिएको यो...
र्लाही : जिल्लाको बरहथवामा आज मध्यान्ह पिकअप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। बरहथवाबाट चक्रघट्टातर्फ गइरहेको प्रदेश–२–०३–००१ ख ३५२३ नम्वरको पिकअप नयाँरोड–मधुवनी सडकखण्डअन्तर्गत बरहथवा नगरपालिका–१२, लौकठमा दुर्घटनामा परेको हो।दुर्घटनामा बाराको महागढीमाई नगरपालिका–८ बस्ने २० वर्षीय सचिव पासवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। दुर्घटनामा सोही ठाउँका १४ वर्षीय...
काठमाडौं : नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँधमा बोकेर हिँड्न नसक्ने बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत नेता घिमिरेले भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो देशको हितमा कुरा गर्न नसकेकाले अब काँधमा बोकेर हिँड्न नसक्ने बताएका हुन्। ‘छिमेकी देशहरूसँग स्पष्ट रूपले आफ्नो देशको हितमा कुरा गर्न नसक्ने र आफूलाई परेका मर्का उठाउन नसक्ने नेतृत्वलाई अब काँध...