Friday, October 16, 2026
Home अन्तर्राष्ट्रिय गोली हानाहानमा एक सैनिकको मृत्यु

गोली हानाहानमा एक सैनिकको मृत्यु

29
सांकेतिक तस्विर

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादीहरूसँगको गोली हानाहानमा एकजना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ।पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सोमबार अफगानिस्तानसँग सीमा जोडिएको जिल्ला दक्षिण वजिरिस्तानको लधा क्षेत्रमा गोलीबारी भएको जनाएको छ। घटनापछि सो क्षेत्रमा फेला परेका अन्य आतंकवादीहरूलाई हटाउनका लागि सो क्षेत्रको कारबाही थालिएको छ। पाकिस्तानी सुरक्षा बलहरू देशबाट आतंकवादको खतरा हटाउन कटिबद्ध रेहेको पनि सेनाले जनाएको छ।