बजेटमा राजस्वमारा मुसा प्रवेश गर्‍यो : महासिचव पोखरेल

35

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले बजेटमा राजस्वमारा मुसाको प्रवेश गरेको आरोप लगाएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले करको दर निर्धारण गर्न पूर्व कर्मचारी वा व्यापारिक घरनाका प्रतिनिधिनै खुलेआम रुपमा राखेर अर्थतन्त्र संकटमा पर्‍यो भनेर रोइलो गर्नुको अर्थ नरहेको बताएका छन्। विगतमा कर निर्धारणमा अवान्छित व्यक्तिको संलग्नताकै कारणले दुवै छिमेकीको अर्थतन्त्र सकारात्मक रहेको अवस्थामा नेपाल आर्थिक मन्दीमा गएको भन्दै उनले मुलकको राजश्वनै घट्न गएको समयमा निश्चित व्यापारिक घरनाको सम्पत्ति एक वर्षमा झण्डै आधा खर्बको हाराहारीमा वृद्धि हुन पुगेको दाबी गरे।

अघिल्लो वर्षको घटनाले पाठ सिक्नुभन्दा प्रधानमन्त्रीकै निर्देशनमा अवान्छित व्यक्तिलाई संलग्न गराइ राजश्वका दर निर्धारण गरिएको खबर आउनु दुःखद भएको बताए। बजेट निर्माणको गोप्य सुचना चुहाइएको र पूर्वयोजना अनुरुप सेटिङ गरिएका कारणले राज्यले गाडीको आयातमा मात्र अर्बौको राजश्व गुमाएको उनको दाबी छ। बजेट भाषणको पूर्वसन्ध्यामा भन्सारबाट अस्वभाविक रुपमा आयात गरिएका सामानहरु सेटिङका परिणामहरु भएको उनको ठहर छ।