Home समाचार चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधीको एक वर्ष कस्तो रह्यो, पूर्णपाठ हेर्नुहोस्

चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधीको एक वर्ष कस्तो रह्यो, पूर्णपाठ हेर्नुहोस्

0
चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधीको एक वर्ष कस्तो रह्यो, पूर्णपाठ हेर्नुहोस्

भक्तपुर । चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधीको एक वर्ष कार्यकाल पुरा भएको छ ।
सो अवसर पारेर नगरपालिकाले बुधबार एक कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थी, वडाअध्यक्षहरु, अन्य जनप्रतिनिधी, कर्मचारीलयातको उपस्थिती रहेको थियो ।

चाँगुनारायण नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको १ वर्षे कार्यकालको उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा नगर प्रमुख श्री जीवन खत्रीद्वारा प्रस्तुत भएको मन्तव्य

 नेपालको संविधान बमोजिम संघीय शासन प्रणाली अवलम्बन भएपश्चात् स्थानीय तह गठन भएपछिको दोश्रो निर्वाचन मिति २०७९ वैशाख ३० गते सम्पन्न भई पदबहाली गरेको मिति २०८० जेठ ५ गते १ वर्ष पूरा भएको अवसरमा आयोजित यस साक्षात्कार कार्यक्रममा आफ्नो अमूल्य समय दिई उपस्थित सम्पूर्ण महानुभावहरुलाई हार्दिक आभारसहित स्वागत गर्न चाहन्छु।

यस सन्दर्भमा नेपालको राजनैतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात महान शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। लोकतन्त्र र सामाजिक न्याय प्राप्तिमा अगुवाई गर्ने सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दै घाइते, अशक्तहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

हामी निर्वाचित भई यस नगरपालिकामा पदभार ग्रहणसँगै नगरबासीका मुख्य सरोकारका विषयहरुको सम्बोधन गर्ने क्रममा वर्षाको कारण मनोहरा खोलामा आएको बाढीले गरेको कटान नियन्त्रण र क्षति न्यूनीकरण, तत्काल सञ्चालनमा रहेका पूर्वाधार निर्माण तथा अन्य विकासका कार्य सम्पन्न गर्नुपर्ने तथा आ.व. २०७९/०८० को वार्षिक नीति, बजेट र कार्यक्रम तय गरी नगरसभा सम्पन्न गर्नुपर्ने अवस्था रहेको थियो।यस कार्यलाई टुंगोमा पुर्याउन सम्पूर्ण नगरबासी, राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजिवी, सञ्चारक्षेत्र लगायतलाई गर्नुभएको सहयोग र सहकार्यको लागि आभार व्यक्त गर्दछु।

नगरबासीलाई प्रत्यक्ष प्रभाव र असर पर्ने सडक, ढल, खानेपानी, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, पर्यटन तथा राजस्व सङ्कलन लगायतका विषयहरुलाई प्राथमिकतामा राखी नगरपालिकाले काम गर्दै आएको छ।नगरपालिकाले यस अवधिमा विभिन्न विषयका ५ वटा ऐन (संशोधनसमेत) तथा १० वटा कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ।नगरको दिगो विकासका लागि ५ वर्षे प्रथम आवधिक योजना निर्माण भइसकेको छ भने मध्यकालीन खर्च संरचना तयार हुँदैछ।

यस अवधिमा नगरक्षेत्रमा ५.८ कि.मि. सडक कालोपत्रे गरिएको, ६.४५ कि.मि. सडक बिस्तार र स्तरोन्नति गरिएको छ भने ५ वटा कल्भर्ट निर्माण सम्पन्न भएको छ । चाँगुनारायण मन्दिरमा पुग्न अपाङ्गमैत्री पदमार्ग निर्माण सुरु भएको छ।त्यस्तै नगरपालिकाको प्रशासकीय भवन र वडा नं. १ को कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने वडा नं. ५ को कार्यालय भवन निर्माणको अन्तिम चरणमा रहेको छ । त्यसै गरी खानेपानीको सहजताका लागि ३ स्थानमा डिपबोरिङ्ग गरिएको तथा ३ लाख लि. क्षमताको ओभरहेड ट्याङ्की निर्माण भएको छ।

नगरकोट भ्रमण वर्ष २०८२/०८३ को घोषणा गरी आवश्यक तयारी भइरहेको, बृहत्तर नगरकोट क्षेत्रको पर्यटन प्रबर्द्धन र दिगो पर्यटन विकासका लागि मण्डनदेउपुर नगरपालिका,  शंखरापुर नगरपालिका र बनेपा नगरपालिकाको लागत साझेदारीमा बृहत्तर नगरकोट क्षेत्रको गुरुयोजना निर्माणको थालनी भएको, नगरबासीका लागि स्वास्थ्य बीमा, कृषकहरुको प्रोत्साहनका लागि पशु बीमाको व्यवस्था मिलाइएको, गुणस्तरीय शिक्षाको प्रबर्द्धनका लागि शिक्षक शिक्षण सहायता कार्यक्रमको सुरुवात गरिएको, विद्यालय खाजा खर्चमा वृद्धि, नगरबासीलाई निःशूल्क रगतको व्यवस्था गरिएको छ।

मूलुकको समग्र आर्थिक सूचक नै कमजोर रहेको अवस्थामा नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकममा कटौती भएको साथै आन्तरिक श्रोतमा समेत संकूचन आई लक्ष्यअनूरुप कार्यसम्पादन गर्न नसकेको सबैमा जानकारी नै छ।नागरिकसँग गरिएको प्रतिबद्धता र उपलब्ध श्रोत साधनको उच्चतम सदुपयोग गर्दै चूनौतीहरुवीच पनि सवैका लागि गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य प्रणालिको सुनिस्चिततातर्फ हामी अग्रसर छौं।यसका लागि वैज्ञानिक आधारसहितको कार्ययोजना बनिसकेको अवस्था छ।

नगरको विकासमा चासो व्यक्त गरी विकास निर्माण लगायतका कार्यमा सहयोग, सहकार्य र साझेदारी तथा राजस्व सङ्कलन तथा परिचालनमा सहयोग, हौसला र सुझाव-सल्लाहका आधारमा गरिएका कार्यहरुको संक्षिप्त विवरण तपाईंहरुमार्फत् आम नगरबासीलाई जानकारी गराउन यो कार्यक्रमको तय गरिएको हो।सम्पादित कार्यहरुको संक्षिप्त विवरण यसैसाथ संलग्न गरिएको छ । उक्त विवरणको समीक्षा र आगामी दिनमा मार्गदर्शनको अपेक्षासहित बिदा हुन्छु।

चाँगुनारायण नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको १ वर्षे कार्यकालमा सम्पादित कार्यहरुको संक्षिप्त विवरण देहाय बमोजिम उल्लेख गरिएको छः

  • नगरसभाको ११ र १२ औं अधिवेशन सम्पन्न
  • कार्यपालिका बैठक संख्याः २१

यस अवधिका महत्वपूर्ण निर्णयहरुः

  • चाँगुनारायण नगरवासीहरुलाई निःशूल्क रगत वितरण ।
  • नगरपालिकाको भू-उपयोग वर्गीकरण कार्य सम्पन्न ।
  • विपद् तथा जोखिममा रहेका बस्तीहरूको अभिलेखीकरण ।
  • विभिन्न विषयसँग सम्बन्धित ५ वटा ऐन तथा १० वटा कार्यविधि निर्माण ।

ऐन

      – आ.व. २०७९/०८० को कर तथा गैरकर राजस्व सम्बन्धी ऐन, २०७९

– आर्थिक ऐन, २०७९

– विनियोजन ऐन, २०७९

– सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको ऐन, २०७९

– शिक्षा ऐन, २०७४ (चौथो संशोधन) २०७९

कार्यविधि

– स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयन कार्यविधि २०७९,

– शिक्षक शिक्षण सहायता अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९,

– नगर खेलकूद विकास समिति सञ्‍चालन कार्यविधि २०७९

– जग्गा विकास निर्देशिका, २०७४ मा संशोधन, २०७९

– स्वास्थ्य बीमा सञ्चालन कार्यविधि, २०७८ मा संशोधन २०७९

– स्वास्थ्य संस्था सञ्चालन कार्यविधि, २०७९

– उपभोक्ता समिति वा लाभग्राही समुदायमार्फत् सार्वजनिक निर्माण सम्बन्धी कार्यविधि, २०७९

– साझेदारीमा वारुण यन्त्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९

– मेलमिलाप केन्द्र सञ्चालन कार्यविधि, २०७९

न्यायिक समितिबाट सम्पादन भएका कार्यहरु

  • न्यायिक समितिमा हालसम्म दर्ता हुन आएका कूल ६५ वटा निवेदनमध्ये ३५ वटा निवेदन फर्छ्यौट भएका
  • न्यायिक समितिमा विवाद निरुपण गर्न प्रत्येक हप्ताको शुक्रवार र आवश्यकता अनुसार समितिको बैठक बस्ने गरिएको ।
  • अशक्त, असहाय, निम्न वर्गका निवेदन आफैं लेख्न नजान्ने मानिसहरुलाई न्यायिक समितिमा निवेदन दर्ता गर्न कार्यालयबाटै निःशूल्क निवेदन लगायत आवश्यक कानूनी लिखत मस्यौदा गर्ने गरिएको ।
  • न्यायिक समितिमा निवेदन दर्ता शूल्क साविकमा रु. ५००/- रहेकोमा घटाएर रु. १००/- कायम गरिएको
  • नगरसभाबाट ५ वटा ऐन (संशोधन ऐन सहित) र कार्यपालिकाबाट १० वटा कार्यविधिहरु निर्माण गरिएको
  • २ जना थप सूचीकृत र ३० जना अध्यावधिक भएका मेलमिलापकर्तासहित जम्मा ३२ जना मेलमिलापकर्ता सूचीकृत गरिएको ।
  • न्यायिक समितिको कार्य प्रभावकारिता बढाउन अन्य विभिन्न स्थानीय तहका न्यायिक समितिहरुको अध्ययन/ अवलोकन गरी इजलास सञ्चालन, मिसिल व्यवस्थापन, जनशक्ति परिचालनलगायत अन्य असल अभ्यासहरुलाई यस नगरपालिकाको न्यायिक समितिमा अभ्यास गरिएको ।
  • कानूनी निर्माणमा कानूनी शाखामार्फत् विधायन समितिमा छलफल गराई सभा वा कार्यपालिकामा पेश गरेर मात्र कानून निर्माण वा संशोधन गर्ने एकद्वार प्रणालीको विकास गरिएको ।

 नगरपालिकाको कूल वार्षिक आय तथा व्यय विवरण

वार्षिक आर्थिक विवरण

आर्थिक वर्ष कुल विनियोजित बजेट  जम्मा खर्च खर्च प्रतिशत कैफियत
२०७८/७९ १,९९,९०,४४,८७४। ४६८८९६७८९ २३.४५ जेठ र असारको खर्च
२०७९/८० २,१०,५०,५९,२००। १,२०,६५,८५,६८०.६२

 

५७.३१ जेठ १५ सम्मको खर्च

 

 राजश्व सङ्कलन

आर्थिक वर्ष अनुमानित आन्तरिक आय यथार्थ आय प्रतिशत कैफियत
२०७८/७९ २८,८४,५०,००० ,३७,४१,४२० १२ जेठ र असारको आय
२०७९/८० २६,२६,३०,००० १८,०२,००,०००

 

६८.६१ जेठ २४ सम्मको आय

 

विषय क्षेत्रगत कार्य प्रगति समीक्षाः

. आर्थिक विकासतर्फ

)  कृषि / पशुपन्छी प्रवर्द्धन

  • १० जना कृषकलाई यूवा स्वरोजगार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा तरकारी उत्पादन तथा बजारीकरणमा सहयोग गरिएको ।
  • ७५ प्रतिशत अनुदानमा फलफूलका बिरुवाहरु वार्षिक रुपमा उपलब्ध गराउने गरिएको,
  • ८५ प्रतिशत अनुदानमा साना सिँचाइ अन्तर्गत कूलो निर्माण तथा मर्मत-सम्भार सहयोग गरिएको,
  • करीब ३ हजार कृषकहरुलाई अनुदानमा ५ हजार बोरा रासायनिक मल उपलब्ध गराइएको ।
  • १८ जना कृषकलाई बोयर बोका शतप्रतिशत अनुदानमा उपलब्ध गराइएको,
  • पशु बीमाको कार्यलाई सहजीकरण गरिएको,
  • ६० जना कृषकलाई ५० प्रतिशत अनुदानमा काउम्याट, मिल्क क्यान र भुसा काट्ने मेशीन उपलब्ध गराइएको,
  • पशुपन्छी बन्ध्याकरण अन्तर्गत करीब ११०० सय सामुदायिक कुकुरको बन्ध्याकरण एवं स्वास्थ्य परीक्षण तथा नियमित रुपमा रेविज विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको ।
  • २०७९ वैशाख देखि २०८० वैशाखसम्म गाई – ५४८०, भैँसी २८०,  बाख्रा ८ को कृत्रिम गर्भाधान गरिएको ।
  • करीब ६,००० भेडा/बाख्रा लाई पि. पि. आर. खोप लगाइएको ।
  • ९९० गाई/भैसी/बाख्राखोरेत विरुद्धको खोप लगाइएको ।
  • रु. ५,४४,८००/- रकम बराबरको पशु विमा गरिएको ।
  • २५८ वटा घोडा / खच्चर (इट्टा उद्योगका) टिटानस खोप लगाएको ।
  • सेवा केन्द्रमा कार्यरत प्राविधिकको तर्फबाट १५४२ पशु चौपायाहरुको मेडिकल उपचार गरिएको ।

)      व्यवसाय प्रवर्द्धन

  • यस आ.व. मा १० लाखभन्दा माथिका १५९ वटा व्यवसाय दर्ता भएका ।
  • हालसम्म १ करोडभन्दा माथि पूँजी परिचालन गर्ने १३४ वटा तथा ६०३ वटा १ करोडभन्दा कम पूँजी लगानी गर्ने गरी दर्ता भएका तथा वडा कार्यालयमा २८२७ वटा व्यवसाय दर्ता भएका ।
  • व्यवसायीहरुका समस्या, व्यवसाय दर्ताका लागि आवश्यक सहजीकरणका लागि अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको ।

 )      पर्यटन प्रबर्द्धन, मेयर उद्यमशिलता तथा लघु उद्यम विकास कार्यक्रम

  • नगरकोट भ्रमण वर्ष २०८२ को तयारी स्वरुप पर्यटकीय क्षेत्र नगरकोटमा सार्वजनिक शौचालय १, प्रतिक्षालय १, नगरकोटको मूल सडकको किनारामा ३ किलोमिटर क्षेत्रमा वृक्षारोपण गरिएको
  • बृहत्तर नगरकोट क्षेत्रको पर्यटन प्रवर्धन र दिगो पर्यटन विकासका लागि मण्डनदेउपुर नगरपालिका, शंखरापुर नगरपालिका र बनेपा नगरपालिकाको संयुक्त साझेदारीमा बृहत्तर नगरकोट क्षेत्रको गुरुयोजना तयारी गरिएको ।
  • नगरकोट क्षेत्रको सिमाङ्कन गर्न मण्डन देउपुर नगरपालिका, शंखरापुर नगरपालिका र बनेपा नगरपालिकाको संयुक्त समन्वय र सहकार्यमा कार्य थालनी भएको ।
  • सार्वजनिक पर्ति जग्गा तथा अव्यवस्थित बसोबास खाली गराउने क्रममा चा.न.पा.-६ नगरकोट टावर क्षेत्रको १२ वटा अस्थायी टहरा हटाइएको ।
  • पर्यटन प्रबर्द्धनका लागि बुकलेट, ब्रोसर प्रकाशन गरिएको ।
  • आधारभूत तथा पुनर्ताजगी होमस्टे तालिम, स्वस्थकर खाना सम्बन्धी आधारभूत पाककला तथा रैथाने खानाको परिकार बनाउने तालिम सञ्चालन भएको ।
  • नगरपालिकाभित्रका घरेलु एवं लघु उद्यम उत्पादन (मेड इन चाँगु) प्रदर्शनीका लागि उद्यमीहरुको सहभागिता गराइएको
  • ८० जना उद्यमीले मेयर उद्यमशिलता कार्यक्रम अन्तर्गत व्यवसाय सञ्चालन गरिरहेका ।
  • लघु उद्यमअन्तर्गत ९० जना नयाँ उद्यमी सृजना भएका तथा ४० जना उद्यमीको स्तरोन्नति गरिएको ।
  • लघु उद्यम कार्यक्रमबारे अभिमुखीकरणका साथै ६३ जनालाई उद्यमशिलता विकास कार्यक्रममा सहभागी गराइएको ।
  • ९१ जनालाई सीप विकास (सिलाईकटाई/ एड्भान्स ब्यूटी पार्लर/ढाका बुनाई/ मस्यौरा बनाउने) तालिम सञ्चालन भएको ।

)       सहकारी प्रवर्द्धन

  • सहकारी संस्थाहरुलाई COPOMIS प्रणालीमा आवद्ध सम्बन्धी तालिम सम्पन्न भएको ।
  • १०० वटा सहकारीहरुलाई COPOMIS प्रणालिमा आवद्ध गरी अनुगमन कार्य सम्पन्न भएको ।

  ङ)        रोजगार सेवा केन्द्र    

  • कूल विनियोजन रु. १,४३,०७,००० मध्ये रु. १,०५,५१,६२२ खर्च भएको ।
  • ८५३ सूचीकृत बेरोजगारमध्ये १३२ जनालाई अल्पकालीन रोजगारी दिएको ।
  • २०८० वैशाख १ गतेबाट रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुन: श्रम स्वीकृतिका लागि आवेदन रोजगार सेवा केन्द्रबाट गर्ने निर्णय बमोजिम श्रम स्वीकृति र पुन: श्रम स्वीकृति कार्य भईरहेको । हालसम्म २ जनालाई श्रम स्वीकृत दिएको ।
  • पञ्चवर्षीय स्थानीय रोजगार रणनिति र रोजगार सम्वाद मञ्चको कार्यविधि तयार भएको ।

२.      सामाजिक विकासतर्फ

)       शिक्षा युवा तथा खेलकूद विकासः

  • बाल विकास सहजकर्ता तथा शिक्षक क्षमता अभिवृद्धि तालिम सञ्चालन भएको
  • शैक्षिक गुणस्तर अभिवृद्धिका निम्ति शिक्षक डायरी, शैक्षिक पात्रो एवं नगरको सूचनामूलक डायरी प्रकाशन तथा वितरण भएको
  • नगरस्तरीय अतिरिक्त क्रियाकलाप सञ्‍चालन (वक्‍तृत्वकला, चित्रकला, निबन्ध, हाजिरीजवाफ, नृत्य प्रतियोगिता) भएको
  • सामुदायिक विद्यालयका बालविकास कक्षा देखि कक्षा ६ सम्मका विद्यार्थी दिवा खाजा कार्यक्रमबाट लाभान्वित भएको
  • सामुदायिक विद्यालयहरुमा स्यानिटरी प्याड तथा १० विद्यालयहरुमा ईन्सिनेरेटर मेसिन वितरण भएको
  • सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुको उपचारात्मक अनुगमन सम्पन्न भएको,
  • प्रथम दोश्रो वार्षिक आधारभूत शिक्षा उत्तीर्ण परीक्षा तथा एस ई ई तयारी परीक्षा तथा कक्षा ५ NASA Model मा परीक्षा सम्पादन गरिएको
  • राष्ट्रपति रनिङ शिल्ड खेलकूद कार्यक्रम सञ्चालन गरिएको
  • शिक्षक शिक्षण सहायता कार्यक्रमअन्तर्गत विद्यालयहरुमा ३० वटा शिक्षक अनुदान कोटा उपलब्ध गराइएको
  • चाँगुनारायण मा.वि.मा बहुउद्देश्यीय भवन निर्माण प्रारम्भ भएको
  • तीन विद्यालयमा पुस्तकालय, दुई विद्यालयमा विज्ञान प्रयोगशाला, दुई विद्यालयमा ICT LAB स्थापना भई सोही संख्यामा आ.व. २०७९/८० का लागि अन्तिम चरणमा रहेको ।
  • १० विद्यालयहरुमा भौतिक पूर्वाधार विकासको कार्य अन्तिम चरणमा रहेको

)     सामाजिक विकास

लैङ्गिक समानता तथा महिला सशक्तिकरण

  • लैङ्गिक हिंसा निवारणका लागि समुदायस्तरमा आधारभूत तालिम सञ्चालनबाट १२० जना महिलाहरु लाभान्वित भएका
  • प्रजनन् स्वास्थ्य सचेतना कार्यक्रममा १२० जना महिला सहभागी भई लाभ लिएका
  • समुदायमा आधारित मनोविमर्श तालिममा ६८ जना महिलाहरुले पाएका तथा किशोर-किशोरीहरुका लागि जीवनोपयोगी सीप तालिम प्राप्त गरेका।
  • नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका ३१० जना किशोरीहरुका लागि आत्मरक्षा तालिम सञ्चालन भएको ।
  • एकल महिलाहरुका लागि कानूनी सचेतना कार्यक्रम सञ्चालन भएको
  • लैङ्गिक हिंसा विरुद्धको अभियानका साथै अन्य विभिन्न दिवसीय कार्यक्रमहरु सञ्चालन भएका
  • लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण बजेट परीक्षण सम्पन्न भएको ।

बालबालिका

  • १६५ वटा बालक्लब तथा बालसमूहहरु क्रियाशील रहेका
  • बालमैत्री स्थानीय शासनको दिगोपनाका लागि सूचकहरुको अनुगमन र प्रभावकारिताका लागि वडामा सम्पर्क व्यक्ति तोकिएको साथै सबै वडामा बालमैत्री सहजकर्ता परिचालन गरिएको
  • विद्यालयमा विपद् व्यवस्थापन सम्बन्धी बालबालिकाहरुसँग छलफल ।
  • बालबालिकामाथि हुने हिंसा र विभेदविरुद्ध सडक नाटक तथा हाजिरी जवाफ कार्यक्रम सञ्चालन ।
  • बालविवाह रोकथामका लागि विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन तथा समुदायमा कानूनी सचेतना कार्यक्रम सञ्चालन भएको ।
  • वडा कार्यालय तथा अन्य विभिन्न स्थानमा सचेतनामूलक नाराहरु लेखन ।
  • बालमैत्री सम्पर्क व्यक्ति तथा सहजकर्ता तथा अन्य सरोकारवालाहरुलाई क्षमता विकास अभिमुखीकरण गरिएको ।
  • बालश्रम निवारण तथा नगरभित्रका ईंटा उद्योग लगायतका व्यवसायिक क्षेत्रसँग अन्तर्क्रिया हुनुका साथै अनुगमन गरिएको ।
  • बालगृह तथा अन्य अल्पकालीन आश्रयस्थलहरुको नियमित तथा सघन अनुगमन ।
  • विभिन्न स्थानीय तह (हेटौडा, मेलम्ची)बाट बालमैत्री नगरपालिका अवलोकनको लागि आएका पदाधिकारी तथा सरोकारवालालाई सहजीकरण गरिएको
  • ९ जना बालबालिकाहरुको अल्पकालीन तथा वैकल्पिक हेरचाहको व्यवस्था मिलाइएको ।

अपाङ्गता भएका व्यक्ति

  • अपाङ्गता भएका व्यक्तिहरुको मागबमोजिम जनालाई वसहायक सामग्री (ह्वीलचियर, सेतो छडी, हेयरिङ्ग एड लगायत) हस्तान्तरणका साथै १०० जनाका लागि न्यानो कपडा तथा साथै  सिरक हस्तान्तरण ।
  • अपाङ्गता भएका व्यक्तिहरुका लागि मनोसामाजिक परामर्श तालिम एवं अपाङ्गहरुमाथि हुने हिंसा न्यूनीकरण कार्यशाला तथा दिवसीय कार्यक्रम सञ्चालन भएका छन्।
  • अपाङ्ग परिचय पत्र प्रदान गर्ने कार्य नियमित रुपमा हुने गरेको ।

ज्येष्ठ नागरिकः

  • ९० वर्षभन्दा माथिका ९५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको।
  • वडास्तरमा रहेका ज्येष्ठ नागरिक मिलन चौतारीलाई प्रभावकारी बनाउन सञ्चालक समिति गठन गरी कार्यान्वयनमा ल्याइएको ।
  • ज्येष्ठ नागरिक परिचय पत्र नियमित रुपमा उपलब्ध गराइएको ।

आदिबासी जनजाति

  • आदिबासी जनजातिहरुको कला, भाषा, सँस्कृति र भेषभूषा संरक्षणका लागि कार्यक्रम सञ्चालन गरी प्रचलित लिपिहरु संकलन र संरक्षण गरिएको।
  • आदिबासी जनजाति सम्बन्धी दिवसीय कार्यक्रम सञ्चालन तथा अन्य सीपमूलक तालिम सञ्चालन भएको ।

दलित

  • छुवाछुत र जातीय विभेदविरुद्ध दिवसीय कार्यक्रम सञ्चालन भएको ।
  • कम्प्यूटर तालिम, ड्राइभिङ्ग तालिम तथा लोक सेवा आयोग तयारी कक्षा सञ्चालन भइरहेको।
  • दलित वडा नागरिक मञ्चमार्फत् विभिन्न सचेतनामूलक कार्यक्रम सञचालन भएका ।

उपप्रमुखसँग महिला उद्यमशिलता कार्यक्रम

  • यस कार्यक्रमका लागि रु. ५० लाख विनियोजन भई १४ वटा विषयमा ३२५ जना महिलाहरुलाई सीप विकास तालिम प्रदान गरी उद्यमी बनाउने उद्देश्यले देहाय बमोजिमका तालिमहरु सञ्चालनमा रहेका छन्:
क्र.सं. तालिमको नाम क्र.सं. तालिमको नाम
उनीको सामाग्री बनाउने तालिम मिक्स कुक तालिम
कुशन डल तालिम हस्तकला /बेतबाँस (एडभान्स) तालिम
ढाका बुनाई तालिम एड्भान्स १० बुटिक तालिम
कम्प्यूटर तालिम एड्भान्स ११ मन्टेश्वरी तालिम  एड्भान्स
बेकरी तालिम १२ मखमली जुत्ता बनाउने तालिम
स्यानिटरी प्याड तालिम १३ हजाम तालिम
झोला बनाउने तालिम १४ सिलाई-कटाई तालिम  एड्भान्स

 

पञ्जीकरण तथा घटना दर्ता

आ. व. जन्म दर्ता मृत्यु दर्ता सम्बन्ध विच्छेददर्ता विवाह दर्ता वसाइसरी आएको दर्ता बसाइ सरी गएको दर्ता जम्मा
२०७९/०८० ९१४ ३५१ ३७ ५१० १९२ १४६ २०४८

 

सामाजिक सुरक्षा

  • सामाजिक सुरक्षा भत्ता प्रभु बैंकसँग समन्वय गरी वडास्तरबाट नै वितरण गर्ने गरिएको ।
  • सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको फोटोसहितको विवरण अद्यावधिक भइरहेको
वर्ष सा.सु भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको संख्या वितरण गरेको रकम कैफियत
२०७९/०८० ४३४८ जना १२९१३२४३१।- तेश्रो त्रैमासिकसम्म

संघ-संस्था परिचालन

  • सामाजिक क्षेत्रमा काम गर्ने गैरसरकारी संघ-संस्थाहरु दर्ता, नवीकरण एवं सूचीकृत गरेर मात्र समन्वय र परिचालन गर्ने गरिएको।
  • टोल विकास संस्था / टोल सुधार समिति र खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरी सबै नगरबासीलाई आबद्ध गर्ने गरिएको ।

)      स्वास्थ्य/आयुर्वेद

  • स्वास्थ्य विमा कार्यक्रममा नागरिकहरुलाई पहिलो, दोश्रो र तेश्रो चौमासिकको विमाको रकम भुक्तानी गरिएको
  • ११२ जना मृगौला प्रत्यारोपण गरेका/ डायलाइसिस गरिरहेका / क्यान्सर रोगी / मेरुदण्ड पक्षघातका व्यक्तिलाई मासिक उपचार खर्च बापतको रकम उपलब्ध गराइएको
  • स्वास्थ्य संस्थामा प्रयोग हुने औषधि तथा अत्यावश्यक सामग्रीहरुको लेखा जोखा EMIS सफ्टवेयरबाट हुने गरेको
  • डेंगुको रोकथाम कार्यक्रममा जनचेतनामूलक कार्यक्रम, माईकिङ्ग, तालिम तथा खोज र नष्ट कार्यक्रम गरिएको
  • आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुलाई घरदैलो ultra sonographic सेवा प्रदान गरिएको
  • रगत व्यवस्थापन खर्च कार्यक्रममा यस नगरपालिका अन्तर्गत वडा कार्यालयबाट २२६ जना नगरबासीहरुलाई निःशूल्क रगत उपलब्ध गराइएको ।
  • चाँगुनारायण अस्पताललाई गुणस्तरीय सेवा विस्तार गर्न र अतिआवश्यक जनशक्ति व्यवस्थापन समेत गरिएको छ र विशेषज्ञ सेवा (प्रत्यक आईतबार अल्ट्रासाउण्ड / रेडियोलोजी सेवा, बुधबार स्त्री रोग सेवा, शुक्रबार हाडजोर्नी सेवा सञ्चालनमा आएको)
  • क्षयरोगमूक्त स्थानीय तह घोषणा अभियान कार्यक्रम सञ्चालनमा रहेको ।
  • कोभिड १९ विरुद्द खोप अभियानमा ५००० भन्दा बढी मानिसहरुलाई खोप प्रदान गरियो
  • नियमित खोप सुदृढीकरण, पूर्ण खोप सुनिश्चतता र दिगोपनाको लागि सुक्ष्म योजना अध्यावधिक २ दिन र सरसफाई प्रवर्द्धन प्याकेज पुर्नताजगी तालिम १ दिन गरी ३ दिनको तालिम सम्पन्न गरिएको
  • स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई बृहत पोषण विशेष प्याकेज तालिम संचालन भएको
  • स्वास्थ्य चौकी (आधारभुत स्वास्थ्य सेवा केन्द्र) को न्यूनतम सेवा मापदण्ड कार्यक्रम (अभिमुखीकरण, समिक्षा, फलो अप, अनुगमन तथा सुदृढीकरण समेत ) सम्पन्न भएको छ
  • एक विद्यालय एक नर्स कार्यक्रम निरन्तर संचालनमा आइरहेको
  • १८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन रकम, प्रमाण पत्रसहित बिदाई गरिएको
  • क्यान्सर ४५ , मिर्गौला रोग १४, मुटु रोग ५८, spinal cord injury २, हेड इन्जुरी ५ गरी जम्मा १२६ जना दिर्घ रोगी विपन्नलाई सिफारिस गरिएको
  • नगरपालिकालाई क्षयरोग मुक्त घोषणा कार्यक्रम अन्तर्गत क्षयरोगीको सक्रिय खोजपताल
  • कार्यक्रम १-९ वडा सम्म संचालन गर्दा ११२९ जनामा खोजपताल गर्दा समुदायमा लुकेर
  • बसेको ३० जना नया रोगी पत्तालगाई उपचारमा ल्याइएको ।
  • नगरपालिका क्षेत्रभित्रको १-९ वडा सम्म निशुल्क ग्रामीण अल्ट्रासोनोग्राम कार्यक्रम
  • संचालन गर्दा १२० जना गर्भवती महिलाहरुलाई सेवा दिएको र १० जनालाई रेफर गरिएको ।
  • नगरपालिकाभित्र विशोषज्ञ सहितको आयुर्वेद स्वास्थ्य शिबिर संचालन भएको
  • स्थानीय जनतालाई आयुर्वेद सेवा सम्बन्धी कार्यक्रम तथा स्तनपायी आमाहरुको लागि दुग्धबर्धक आयुर्वेद औषधि वितरण गरिएको

३.      पूर्वाधार विकासतर्फः

चाँगुनारायण नगरपालिकाको प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न भएको,

  • वडा नं. १ कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको,
  • वडा नं. ५ को वडा कार्यालय भवन ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको,
  • वडा ८ को चापावोटदेखि खावा सडकसम्म ३.४ कि.मि. को असफाल्ट कालोपत्रे कार्य सम्पन्न भएको
  • गया टोल सडकको ७०० मि. असफाल्ट कालोपत्रे कार्य सम्पन्न
  • सैनिक शिक्षालयबाट ५ नं वडा कार्यालय हुँदै मच्छेनारायण जाने सडकको सिमाङ्कन कार्य सम्पन्न।
  • वडा नं ३ मा ३ लाख लि. क्षमताको खानेपानी ओभरहेड ट्याङ्की निर्माण कार्य सम्पन्न भएको
  • वडा नं ६ स्थित लामा टोलमा वालमैत्री वालउद्यान निर्माण कार्य भईरहेको
  • हलाल गाँउ पुजारी पाटीदेखि नाला सडकमा बाटो विस्तार गरी पक्की नाली निर्माण कार्य तीव्र गतिमा भैरहेको,
  • वडा नं १ मा ३ लाख लि क्षमताको खानेपानी ओभरहेड ट्यांकको निर्माण कार्य सुरु भएको,
  • विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर जान अपाङ्गमैत्री पदमार्ग निर्माण कार्यको थालनी
  • चाँगुनारायण अस्पताल जाने बाटो स्तरोन्नति गर्ने कार्य सम्पन्न भएको
  • वडा नं. ८ अन्तर्गत घोरासइने गाँउमा १ लाख लि. क्षमताको खानेपानी ट्याङ्की निर्माण कार्य सम्पन्न भएको
  • दुलाल गाँउ डेडेको पिपलबोट जाने बाटोमा ८०० मि. असफाल्ट कालोपत्रे कार्य सम्पन्न
  • ५.८ कि.मि. सडक कालोपत्रे, ६.४५ कि.मि. सडक विस्तार, ग्राभेल र स्तरोन्नती गर्ने कार्य सम्पन्न
  • ५ वटा कल्भर्ट निर्माण कार्य सम्पन्न भएको
  • कासङ्ग खोलादेखि नगरपालिकाको प्रशासनिक भवन हुँदै ताथली पुल जोड्ने सडकको विस्तृत परियोजना प्रतिवेदन तयारीको अन्तिम चरणमा रहेको
  • वडा नं. ६ स्थित शान्ती डाँडा पार्कको विस्तृत परियोजना प्रतिवेदन तयारीको अन्तिम चरणमा रहेको
  • प्रथम पञ्चवर्षीय आवधिक योजना तर्जूमा भएको ।

भवन  तथा वस्ती विकासतर्फ

  • डि. पि. सी. सम्मको निर्माण ईजाजत पत्र स्वीकृत संख्या १२०५,
  • भवन निर्माण ईजाजत-पत्र स्वीकृत संख्या १०२५,
  • भवन निर्माण सम्पन्न प्रमाण-पत्र संख्या २२९,
  • आंशिक भवन निर्माण सम्पन्न प्रमाण-पत्र ७३,
  • भवन निर्माण सम्पन्न अभिलेख पत्र १४८ जारी भएको
  • नगरपालिकाभित्र रहेका खोला खोल्सी तथा कुलोको मापदण्ड संशोधन गरिएको ।
  • नगरपालिकाको २०७४।९।२८ गतेको दोस्रो नगरसभाबाट स्वीकृत तथा मिति २०७५।३।१० गतेको तेस्रो नगरसभाबाट सशोधित भवन निर्माण मापदण्ड मा छुट भएका बाटोहरुको बाह्रौ नगरसभाबाट संशोधन गरी थप गरिएको ।
  • विद्यतीय नक्सा पास प्रणाली EBPS पूर्ण रुपमा पालना गर्न प्राविधिक कर्मचारीको क्षमता अभिवद्धि तालिम सञ्चालन गरिएको ।

४.        वन वातावरण विपद् व्यवस्थापनतर्फ

  • सुर्यविनायक न.पा.सँगको साझेदारीमा दमकल खरिद गरी सञ्चालनको लागि जुद्ध वारुण यन्त्र कार्यालय, भक्तपुरलाई हस्तान्तरण गरिएको
  • पहिरो जोखिममा परेका घरहरुको पहिरो नियन्त्रणका लागि विपद व्यवस्थापन कोष मार्फत योजना सञ्चालन ।

खानेपानी तथा सरसफाईः

  • नगर क्षेत्र रहेका १२८ वटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरु रहेका जसमध्ये हालसम्म नगरपालिकामा ३२ वटा समितिहरु सुचिकृत भएको ।
  • घरायसी, संस्थागत एवं सार्वजनिक स्थलहरुको फोहोर व्यवस्थापनका लागि सेवा प्रदायक संस्था नेप्सेम्याक सेवा प्रा.लि सँगको सहकार्य । नगरपालिका क्षेत्रभित्रका ४५ प्रतिशत घरधुरीहरुले सेवा प्रदायक संस्थाको सदस्यता प्राप्त गरिसकेको ।
  • नगर क्षेत्रभित्र सञ्चालित सावैजनिक शौचालयहरु सार्वजनिक निजी साझेदारी (Public Private Partnership) मोडेल अनुसार सञ्चालन र व्यवस्थापन भएको ।
  • नगर क्षेत्र भित्र विद्यमान खानेपानीको समस्या समाधानको लागी चाँगुनारायण नगरपालिका, काठमाण्डौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडसँग सहकार्यको लागी पहल भई रहेको ।
  • समुदाय र वडाको अगुवाईमा नियमित सरसफाइ अभियान सञ्चालन भईरहेको ।
  • नगर क्षेत्र भित्र खानेपानी, सरसफाइ तथा स्वच्छतामा सुधार ल्याउन टोलस्तरीय समितिहरु गठन तथा परिचालन भईरहेको । समितिहरु गठन तथा परिचालन भई रहेको क्षेत्रमा फोहोर मैला संकलन गर्ने सेवा प्रदायक संस्थाको सदस्यता वृद्धि भई रहेको छ ।
  • ट्रियाङ्गल सोलुशन प्रा. लि को प्राविधिक सहयोगमा नगरपालिकाको ठोस फोहोर मैला व्यवस्थापन सम्बन्धी रणनीतिक योजना–२०७९ तयारी भएको ।
  • EWAG र 500 B Solution प्रा. लिको सहयोगमा नगरपालिकाको दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धी रणनीतिक योजना–२०८० को तयारी ।
  • नगरपालिका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयारीको लागी ५ सदस्य कार्यदल गठन ।
  • पूर्ण सरसफाई उन्मुख क्षेत्रका नगरपालिकाबाट वालिङ (स्याङ्जा), बगनासकाली (पाल्पा) र आबुखैरेनी (तनहूँ) को अध्ययन अवलोकन भ्रमण गरी असल अभ्यासहरुलाई यस नगरपालिकामा समेत अवलम्बन गर्ने प्रयास गरिएको ।

५.      सुशासन तथा सेवा प्रवाह

  • नगरपालिका र अन्तर्गतका सबै निकायमा ई हाजिरीको व्यवस्था गरिएको ।
  • EFT का माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएको ।
  • हरेक वडामा नेटवर्क इन्टरकनेक्टेड बनाइएको
  • नक्सा व्यवस्थापनका लागि EPBS पूर्ण रुपमा लागू गरिएको
  • सबै नक्सा डिजिटाइजेशन

६.      सूचना प्रविधि तथा सञ्चार

  • ईन्टरनेट तथा सर्वरमा आएको समस्यालाई मध्य नजर गरेर डेमो फाएरवाल डीभाईस र नयाँ कम्पनीको डेमो ईन्टरनेट जडान गरी समस्याको समाधान तथा ICT Lab अन्तर्गत नयाँ सामग्री जाँच/अनुगमन ।
  • नगरपालिकाको वेभसाईटमा सूचना, लेआउट, डिजाईन तथा जनप्रतिनिधिको फोटो एवम् विवरण कर्मचारीको विवरण, वडा सदस्यको विवरण, नगरपालिकाको जनसख्या, घरधुरी लगाएत व्यक्तिगत विवरण अपडेट कार्य सम्पन्न ।
  • यस नगरपालिका आन्तर्गत विद्यालयहरुलाई प्रविधिमय एवम् सुरक्षालाई मध्यनजर गरी श्री वाल्मिकि आ.वि., श्री वागेहीणी मा.वि. तथा श्री कृष्ण मा.वि. मा गरी जम्मा ४२ वटा क्यामरा जडान गरियो ।
  • विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर – बसपार्क – प्रहरी विटसम्म चाँगुनारायण नगरपालिका उज्यालो अभियान कार्यक्रम अन्तर्गत सडक बत्ती र CCTv जडान गरियो ।
  • वडा नं. ८ मा रहेको शहरी स्वाथ्य केन्द्र र ताथली ९ स्थित पशु सेवा केन्द्रमा डाटा अपलोड गर्न तथा सहजीकरणका लागि ईन्टरनेट जडान कार्य सम्पन्न ।
  • यस नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई Digital Metric Addressing system र घर नम्बरीङ्ग प्रणालीबारे क्षमता अभिवृद्धि तालिम प्रदान गरियो ।
  • समस्या आई परेका वडा कार्यालयहरुमा डिजिटल बोर्डको मर्मत गरियो ।
  • नगरपालिकाभित्रका free-wifi भएका स्थानहरुमा battery backup राख्ने क्रममा रहेको ।
  • सूचना प्रविधिसम्बन्धी नयाँ Application निर्माण गरी सञ्चालनमा ल्याइएको ।
  • E-sifaris तथा राजस्वहरु भुक्तानी गरेको विवरण घरबाट नै हेर्न मिल्ने स्मार्ट चाँगु एप्स निर्माण गरी play store  र apps store मा Live गराउने क्रममा रहेको ।

धन्यवाद

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here