Tuesday, April 28, 2026
Home Blog Page 322
काभ्रे : काठमाडौं विश्वविद्यालय (केयु)को २८औँ दीक्षान्त समारोह (दोस्रो चरण)बाट १ हजार २४० विद्यार्थी दीक्षित हुने भएका छन्। केयुका उपकुलपति प्राडा भोला थापाले बिहीबार पत्रकार सम्मेलानमार्फत दीक्षान्तमा विभिन्न विधाका ९ जना पीएचडी, ४१ जना एमफिल, स्नातकोत्तर तहका ९८ जना र स्नातक १ हजार ९२ जना सहित जम्मा १ हजार २४० जना विद्यार्थी दीक्षित हुने जानकारी दिए।उनका अनुसार २८ औँ...
काठमाडौं : बूढानीलकण्ठ स्कुलको भर्नामा चलखेल भएको पाइएको छ। पैसा र पावरको भरमा प्रवेश परीक्षा (इन्ट्रान्स)मा कम प्रतिशत ल्याउनेलाई भर्ना गरिएको छ भने धेरै प्रतिशत ल्याउनेलाई फेल गराइएको छ। यस्तो अनियमितता भएको पाएपछि अभिभावकहरूले विद्यार्थी भर्ना चलखेलको छानबिन गरी सम्बन्धित संलग्न व्यक्तिहरूलाई कारबाही माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरी हालेका छन्। उजुरी परेपछि अनुसन्धान थालिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक...
काठमाडौं : नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने भएको छ। नेपाल निजामती कर्मचारी संगठनले जेठ २७ र २८ गते काठमाडौंमा राष्ट्रिय महिला भेला आयोजना गर्दै छ। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको आयोजना र केन्द्रीय महिला विभागको व्यवस्थापनमा ‘समता र सशक्तिकरण : सेवामा सबलीकरण’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय भेला आयोजना गरिएको हो। संगठनका अध्यक्ष लेखनाथ...
काठमाडौं : निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे शुक्रबार सर्वदलीय छलफल गर्ने भएको छ। संविधानविपरीत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णयका सम्बन्धमा आयोगले संसद् भित्र र बाहिरका सबै दलसँग छलफल गर्न लागेको हो। आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानमा भएको व्यवस्था विपरीत गएर सरकारले आयोगलाई कार्यापालिका मातहत राख्ने ढंगको काम गरेकाले त्यसबारे सबै दलसँग परामर्श गर्न...
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सरकार संरक्षित गुण्डाहरूबाट एमाले नेताहरूमाथि आक्रमण भइरहेको आरोप लगाएका छन्। पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले यसमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको गम्भीर आरोप लगाए। बिहीबार मात्रै एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राम रानामाथि मोबिल छर्किएर आगो लगाउने प्रयास गरिएको भन्दै...
भक्तपुर । भक्तपुरमा चार जना युवाहरु नेपाली कांग्रेस त्यागेर राप्रपामा प्रवेश गरेका छन् । राप्रपा भक्तपुर जिल्ला समितिले दिएको जानकारी अनुसार रामेश्वर पोखरेल, नवराज पुरी, अशोक ट्याट र शिवराज कार्की रहेका छन् । उनीहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले पार्टीमा स्वागत गरेका हुन् ।
भक्तपुर । चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधीको एक वर्ष कार्यकाल पुरा भएको छ । सो अवसर पारेर नगरपालिकाले बुधबार एक कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थी, वडाअध्यक्षहरु, अन्य जनप्रतिनिधी, कर्मचारीलयातको उपस्थिती रहेको थियो ।चाँगुनारायण नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको १ वर्षे कार्यकालको उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा नगर प्रमुख श्री जीवन खत्रीद्वारा प्रस्तुत भएको मन्तव्य नेपालको...
भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसा नेविसंघले अराजकशैली प्रस्तुत गरेको भन्दै अन्य संगठनले विरोध जनाएका छन् । त्रिविले भक्तपुर बहुमुखी क्याम्पसको प्रमुखमा कविता लुइँटेललाई जेठ २१ गते नियुक्त गरेको थियो। जेठ २३ गते नेविसंघले क्याम्पसमा तालावन्दी, क्याम्पसको भौतिक सम्पत्तिमाथि क्षति पुर्‍याउनुका साथै क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याएका थिए । नेविसंघले भक्तपुर बहुमुखी क्याम्पसका प्रमुख कविता लुइँटेललाई अभद्र व्यवहार गरेको भन्दै...
धनगढी : कैलालीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको गौरिगङ्गा नगरपालिका- १ स्थित केदारेश्वर सामुदायिक वनमा २८ वर्षीया कविता बुढा मृत फेला परेकी हुन्। उनी विवाहित महिला हुन्। प्रहरी स्रोतका अनुसार उनको शव हिजो वनमा खाल्डोभित्र गाडिएको अवस्थामा फेला परेको हो। बुढाका परिवारले उनी हराएको भन्दै सोमबार मात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। उनको हत्या गरेर शव गाडिएको...
काठमाडौं : पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्। कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए। कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ। कोषले खबर गरेपछि घटनास्थल पुग्दा राना झुण्डिएको...