Thursday, April 30, 2026
Home Blog Page 250
काठमाडौं : टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन सुनुवाइको पेसी न्यायाधीश डाक्टर कुमार चुडालको इजलासमा तोकिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता स्वागत नेपाल लगायतले दायर गरेको रिटमा लागि पेसी तोकिएको हो। सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि मंसिर १ गते सर्वोच्चमा परेका सबै रिटलाई एकसाथ राखी सुनुवाइ गर्न पेसी तोकिएको हो। सरकारको निर्णय...
बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ। आज बिहान ११ : ३७ बजे बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४:५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। पटकपटकको पराकम्पबाट त्रसित स्थानीयहरु अहिले भूकम्पको त्रासले खुल्ला चौरमा निस्किएका छन्। बझाङलगायत पश्चिम नेपालका जिल्लाहरुमा गत असोज १६ गते गएको भूकम्पपछि निरन्तर पराकम्प गइरहेका छन्।
काठमाडौं : परराष्ट्र मन्त्रालयले हमासको नियन्त्रणमा रहेको कञ्चनपुरका विपिन जोशी सकुशल रहेको जानकारी आएको बताएको छ। मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विपिन सकुशल रहेको जानकारी आएको बताइन्। उनले भनिन,‘विपिन जोशी सकुशल रहेको भन्ने एमबेसी स्रोतबाट जानकारी आएको छ,तर पुष्टि अझै भएको छैन,भेट्न कोसिस हुँदै छ।’ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते...
काठमाडौं । जाडोबाट बच्न अधिकांश घरमा रुम हिटरको प्रयोग हुन थालेको छ । चिसोबाट बच्न धेरैले दिनरात हिटर प्रयोग गर्छन् र हिटर बिना बाँच्न सक्दैनन् । बजारमा धेरै प्रकारका हिटरहरू उपलब्ध छन् र तिनीहरूको काम गर्ने तरिका पनि फरक छ। आइरन रड हिटर देखि तातो हावा ब्लोअर वा तेल हिटरसम्म ती सबै फरक तरिकामा काम गर्दछ। तर यी सबै...
काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला एक लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन तोलाको एक लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै तेजावी सुन तोलामा १ लाख १५ हजार १ सय ५० रुपैयाँमा...
काठमाडौं ।  नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मङ्सिर १ गते बसेको संचालक समितिको बैठकले आ.व. २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  ।जस अनुसार कम्पनीले  हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशत बोनस शेयर र  कर प्रयोजनको लागि समेत गरि ६.८० प्रतिशत नगद लाभांश गरि कुल १०.५५ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको...
काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई सोमबारदेखि हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा रहेकाहरुले मात्रै अहिले आईपीओमा आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकालाई सेयर बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन खुल्नेछ ।अंकित मूल्य १०० मा १०६ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीको आईपीओ खुला भएको हो ।...
काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ । आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल भेरी...
काठमाडौं । इलाम जिल्लाको रोङ गाउँपालिकास्थित कोल्बुङमा विद्यार्थी बोकेको बस भीरबाट खस्यो। मेची राजमार्गबाट झण्डै डेढ सय मिटर तल खस्दा धनुषाका दुई जनाको ज्यान गएको छ। इलाम जिल्ला प्रहरी प्रमुृख एसपी बासुदेव खतिवडाका अनुसार बसका चालकले विपरीत दिशाबाट आइरहेका एक जना मोटरसाइकल चालकलाई जोगाउन खोज्दा बस भीरबाट खसेको हो।‘बसका चालक ४१ वर्षीय हरिगिन राउत प्रहरी नियन्त्रणमा छन्,’ एसपी खतिवडाले...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनको मौसम यस्तो रहनेछ ।मौसम विश्लेषण (Meteorological Analysis)हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।हाल मौसमको अवस्था (Present Weather Status)हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।२०८० मंसिर ४ गते (सोमबार)दिउँसो ː गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली...