काठमाडौं । नेपाल सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयले आश्चर्यमा परेको भन्दै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र पठाएको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएपछि नेपालका सरकारी निकायहरूसँग भएका समझदारीबारे उल्लेख गर्दै टिकटकले पत्र पठाएको हो । टिकटक, दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सम्बोधन गर्दै पत्र पठाएका छन् ।पत्रमा टिकटकले...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनको मौसम यस्तो रहेको छ ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव र कोशी प्रदेशमा बंगालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र (Deep Depression) को आंशिक प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
२०८० मंसिर १ गते (शुक्रबार)
दिउँसो ː कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक...
यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख सङ्क्रमित भएका छन्। स्वास्थ्य सेवा महानिर्देशनालय ९डिजिएचएस० को पछिल्लो आँकडाअनुसार यो वर्ष डेङ्गुको प्रकोप चिन्ताजनक अवस्थामा पुगेको छ। नोभेम्बर ७ सम्म कूल दुई लाख ८३ हजार पाँच सय ९३ सङ्क्रमित भएका छन् भने एक...
काठमाडौं : हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गते सुरू हुँदैछ। २५ गते काग तिहार, २६ गते लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवर्द्धन पूजा र २९ गते भाइटीका परेको छ। तिहारमा भाइटीकाको विशेष महत्व रहन्छ। तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा भाइमसला दिने प्रचलन छ। दाजुभाइलाई सप्तरंगी टीका र माला लगाइदिइसकेपछि चेलीबेटीले भाइमसलामा (नरिवल,...
काठमाडौँ : विगतमा २० जना मानिसलाई आक्रमण गरी मारेको चितवन राष्ट्रिय निकुञ्जको ध्रुवे हात्तीले पछिल्ला दिनमा फेरि दुख दिन थालेको छ। ध्रुवेले माडी र भरतपुरको राप्ती नदी किनारका बस्तीमा दुःख दिन थालेको निकुञ्जले जनाएको छ। िकुञ्जले त्यस क्षेत्रमा कुनै दुर्घटना नहोस् भन्नका लागि सजगता अपनाइको जानकारी दिएको छ। निकुञ्ज र नेपाली सेनाका गाडीले हात्तीलाई निगरानी रगर्न थालेको छ। उपभोक्ताले...
जनकपुरधाम : मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रहरी समायोजनलगायतका माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री यादवले प्रदेश प्रहरी समायोजन, निजामती कर्मचारी समायोजन, गुठी र वनसम्बन्धी विधेयक र कानून बनेको लामो समय बित्दा पनि कार्यान्वयन नआएको भन्दै तत्काल कार्यान्वयन गरी हस्तान्तरण गर्न प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै ३० दिने समयसीमा दिने ...
काठमाडौँ : वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख ठगी गरेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकी...
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बिचौलियाहरूका कारण मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुन समस्या भएको बताएका छन्। प्राधिकरणले गत वर्ष नै एमडिएमएस लागू गर्ने भने पनि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा रोकिएको थियो। तर उक्त प्रणाली प्राधिकरणले सोमबारदेखि पूर्ण रुपमा लागू गरेको छ । प्राधिकरणका अध्यक्ष खनालले मोबाइल कारोबार गर्ने बिचौलियाका कारण प्रणाली लागू गर्न समस्या...
काठमाडौँ : मखमली फूलका मालाको माग अत्यधिक भए पनि मोल नपाएको किसानको गुनासो छ।
गुण्डुका किसानले तिहारका लागि आवश्यक मखमली फूलको माला उन्न र बिक्री गर्न थालेका छन्। यो वर्षको तिहार ढिला भएकाले मखमली फूल सुक्न लागेको उनीहरूको गुनासो छ। एक हप्ता अगाडिदेखि माला उन्न र बिक्री गरिसक्न लागेको व्यवसायीहरूले बताए। गुण्डुका व्यवसायीहरूले भाइटीकाको दिन दाजुभाइलाई लगाउने मखमली फूलको मालाको...
काठमाडौं : लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ परेका छन्। कञ्चनपुर, भिमदत्त नगरपालिका-१० गड्डाचौकीबाट लागूऔषध खैरो हेरोइन २ ग्राम ७ मिलिग्रामसहित बेदकोट नगरपालिका-६ बस्ने २७ वर्षीय चक्र घटाल र २४ वर्षीय दिल्ली राज भाटलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध र सु.प.प्र ०२००३ प ७१७९ नम्बरको स्कुटरसहित पक्राउ गरेको...










