Thursday, April 30, 2026
Home Blog Page 249
नेपालगन्ज : काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाडौँ फर्किएको छ। बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहलेका अनुसार आज बिहान काठमाडौंबाट बुधवार बिहान करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौं फर्किएको हो। उनले नेपालगन्ज विमानस्थलमा हुस्सु लागेकोले विमान अवतरण...
सप्तरी : सप्तरीको राजविराज कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ। राजविराज नगरपालिका–१५ का ६५ वर्षीय नन्दलाल मण्डलको मंगलबार मृत्यु भएको कारागारका प्रमुख सदानन्द दासले जानकारी दिए।दासका अनुसार कैदी मण्डल खाना खाएपछि हातमुख धुन ट्युबवेलमा जाँदाअचानक लडेपछि उनलाई उपचारकालागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको उनको भनाइ छ। ०७९...
काठमाडौं : नेकपा एमालेले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको गौतमले बताए। एमालेले यही मङ्सिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि लोकमार्ग...
संयुक्त राष्ट्रसंघले विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौती गर्ने प्रतिबद्धतालाई इमानदारिताका साथ कार्यान्वयन गर्न नलागे यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियससम्म पुग्ने चेतावनी दिएको छ। दुबईमा महत्त्वपूर्ण कोप–२८ जलवायु वार्ताको अघि संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (यूएनईपी)को वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी गरिएको हो। यसले अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलतातर्फ उन्मुख रहेको जनाएको छ। यो...
काठमाडौं : मुलुकको अर्थतन्त्र गतिशील बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार निजी क्षेत्रसँग सुझाव लिने भएका छन्। अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन प्रधानमन्त्रीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्न लागेका हुन्। निजी क्षेत्रका प्रतिनिधिलाई दिउँसो २ बजेका लागि सिंहदरबारमा डाकेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। यद्यपि छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतलगायत...
झापा : बिर्तामोड नगरपालिका वडा नं ९ का दलबहादुर अधिकारीले यो वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाएका थिए। गत वर्ष १० कठ्ठामा मात्र फूलखेती गर्दा मनग्य आम्दानी भएपछि उत्साहित बनेर यसपालि खेती गरे। तर सोचेजस्तो बिक्री नभएपछि उनी मारमा परेका छन्। तिहारको मुखैमा भारतबाट आयातित फूलको माला र थुंगाले बजार कब्जा गरेका कारण स्वदेशी सयपत्री...
पोखरा : कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा पोखरामा एक दम्पतीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–२९, पट्नेरीस्थित कुलोमा सोमबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। मुस्ताङ स्थायी घर भई हाल पोखरा २९ बस्दै आएका ४६ वर्षीय भीमलाल सुनार र उनकी ४६ वर्षीया श्रीमती सावित्री सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी...
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाइदिने भन्दै गिरोह सञ्चालन गरेको मुद्दामा अहिलेसम्म ६ पटक पेशी चढे पनि विभिन्न बहानामा सुनुवाइ हुन सकेको छैन। पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध मुख्य अभियुक्तले उच्च अदालतमा पुनरावेदन दिएका छन्। धरौटीमा छुटेका दुईजनाविरुद्ध जिल्ला...
काठमाडौं : ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसंघको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई यसका पक्षधर राष्ट्रले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रूपमा मनाउँदै आएका छन्। ालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चिताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो। नेपालमा...
काठमाडौं : प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको एक वर्ष पूरा भएको छ। गत वर्ष मंसिर ४ गते भएको निर्वाचनमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र माओवादी तेस्रो दल बनेका थिए। सोही निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा चौथो शक्तिको रूपमा उदाएको थियो। निर्वाचन भएको एक वर्षमा सरकार नफेरिए पनि राजनीतिक अस्थिरता भने बढ्दो छ। कांग्रेसलगायतका दलहरुसँग गठबन्धन गरेर तेस्रो...