टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट निवेदन दर्ता

14

काठमाडौं : टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन सुनुवाइको पेसी न्यायाधीश डाक्टर कुमार चुडालको इजलासमा तोकिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता स्वागत नेपाल लगायतले दायर गरेको रिटमा लागि पेसी तोकिएको हो। सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि मंसिर १ गते सर्वोच्चमा परेका सबै रिटलाई एकसाथ राखी सुनुवाइ गर्न पेसी तोकिएको हो। सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै निवेदकहरूले सो निर्णय बदर गरी टिकटकमा लगाइएको प्रतिबन्ध तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन्। सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो।