Friday, September 25, 2026
Home समाज बझाङमा भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का

38

बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ। आज बिहान ११ : ३७ बजे बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४:५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। पटकपटकको पराकम्पबाट त्रसित स्थानीयहरु अहिले भूकम्पको त्रासले खुल्ला चौरमा निस्किएका छन्। बझाङलगायत पश्चिम नेपालका जिल्लाहरुमा गत असोज १६ गते गएको भूकम्पपछि निरन्तर पराकम्प गइरहेका छन्।