नेपाल एसबिआई बैंकको लाभांश घोषणा

49

काठमाडौं ।  नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मङ्सिर १ गते बसेको संचालक समितिको बैठकले आ.व. २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  ।

जस अनुसार कम्पनीले  हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशत बोनस शेयर र  कर प्रयोजनको लागि समेत गरि ६.८० प्रतिशत नगद लाभांश गरि कुल १०.५५ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुंजी १० अर्ब १२ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ  ।