काठमाडौं : प्राविधिक समस्याका कारण खुल्न नसकेको आजको सेयर कारोबार झण्डै २५ मिनेट ढिला गरी खुलेको छ। दैनिक बजे खुल्नुपर्ने सेयर कारोबार सिस्टममा समस्या आएपछि खुल्न सकेको थिएन। नेप्सेका प्रबक्ता मुराहरि पराजुलीका अनुसार सिस्टमको समस्या समाधान भएसँगै ११:२५ देखि सेयर कारोबार खुलेको हो।सेयर कारोबार खुलेर नियमित कारोबार खुले पनि नेप्सेको वेबसाइट भने अझै डाउनमै छ। नियमित समयमा...
काठमाडौं : काठमाडौं महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगिता आयोजना हुने भएको छ। २९ औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। महानगरपालिकाका अनुसार प्रतियोगितामा सहभागी हुन विभागले दर्ता फाराम उपलब्ध गराएको छ। इच्छुक समूहले फारामा नां (नाम), ठेगाना सहित प्रतियोगितामा कुन बाँसुरी बजाउने हो,...
काठमाडौं : सरकारले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा फागुन ११ गते निर्वाचन गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ। राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक...
( नयाँ धारा जोड्न के–के कागजपत्र चाहिन्छ ? )
भक्तपुर । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कार्यालय भक्तपुरमा चरम बेथिती बढेको छ । दुधपाटीस्थित कार्यालयमा सर्वसाधारणसंग नयाँ धारा जोड्न जादाँ अनेक बहान बनाएर लाग्ने दस्तुर बाहेक अतिरिक्त शुल्क लिन कर्मचारीहरु सक्रिय छन् ।
नयाँ धारा जडानका लागि आवश्यक सम्पूर्ण कागजपत्र लिएर जादाँपनि कहिले के छैन् कहिले के छैन भन्दै भोली आउनुहोस् पर्सी...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आगामी पुस २ गते हुने भएको छ। त्रिविले सोमबार सार्वजनिक सूचना जारी गर्दै उक्त समारोह राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जनाएको छ। त्रिविले यसअघि पुल्चोकमा दीक्षान्त समारोह कार्यक्रम राख्दै आएको थियो। त्रिविले जारी गरेको सूचना अनुसार समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन र स्कार्फ टोपी पहिरी बिहान ८ बजेदेखि १० बजेभित्र...
काठमाडौं : बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ। सोमबारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको हो।‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आजबाट सञ्चालनमा ल्याइएको हो। सञ्चालनमा आएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव...
फोक्सोको क्यान्सर हुने प्रमुख कारण भनेको धूम्रपान हो। धूम्रपान सेवन गर्दा शुद्ध हावा नलिएर कार्बन मिसिएको कार्सिनोजेन लिइन्छ। यो कार्सिनोजेनले फोक्सोमा भएको सामान्य कोषिकालाई परिवर्तन गरेर खराब खालको कोषिका बनाइदिन्छ। जसले गर्दा फोक्सोको क्यान्सर हुन्छ। विश्वभरी धूम्रपानले गर्दा हुने भनेको फोक्सोको क्यान्सरबाहेक अन्य क्यान्सर पनि छन्। त्यस्तै सुगर प्रेसर लगायतका दीर्घ रोग समेत हुन्छ।फोक्सोको क्यान्सर दोस्रो कारण धुवाँधुलो हो।...
नेपाली कांग्रेसले यही मंसिर १६ र १७ गते लुम्बिनी प्रदेश सम्मेलन गर्ने भएको छ। प्रदेश कार्यसमिति गठनपछि यो पहिलो पटक गर्न लागिएको सम्मेलन हो। सम्मेलनका लागि केन्द्रीय सभापति शेरबहादुर देउवा, उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री किशोरसिंह राठौर र केन्द्रीय सदस्य शेखर कोइराला लगायतलाई बोलाइएको लुम्बिनी कांग्रेसले जनाएको छ। रदेश सम्मेलन...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा भएको प्रदर्शनमा सहभागी हुन आएका महिलाहरूलाई सुतिरहेको ठाउँबाट निकाल्नेहरूलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। तदारूकताका साथ अनुसन्धान अघि बढाउन र उनीहरूलाई पक्रिन प्रहरी उदासीन देखिएको छ। मंसिर ७ गते भएको दुर्गा प्रसाईंको प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट मानिसहरू काठमाडौं आएका थिए। उनीहरूमध्ये ३७ जना महिलाहरू मध्यपुर थिमि नगरपालिकाको लोकन्थलीस्थित इन्द्रसान पार्टी प्यालेसमा बसेका...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वमा श्रमदानका लागि पुगेको टोलीले एक सय वटा अस्थायी टहरा निर्माण गरेका छन्। कांग्रेसले इन्जिनियर, डकर्मीसहित भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा बनाउन स्वयमसेवक परिचालन गरेको थियो। पौडेलको नेतृत्वमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा स्वयमसेवकहरूले गत मंगलबारदेखि श्रमदान गरेका थिए। शनिबारसम्म एक सय वटा अस्थायी टहरा निर्माण गरिएको कांग्रेस महासमिति...










