काठमाडौं : झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।गएराति साढे ११ बजे फुलवासा पुलमा प्रदेश १–०१–०१६ प ७६४९ र प्रदेश १–०३–००१ प २६५३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठक्कर खाइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जना घाइते भएका एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा...
काठमाडौं : नेपाली बजारमा आज सुन तोलाको ८ सयले बढेको छ। सुनको भाउ बढेपनि चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको फेरी नयाँ रेकर्ड कायम गरेको छ। आज छापावाला सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।...
दैलेख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त गर्न दैलेखमा भएको पेट्रोलियम अन्वेषणको विकल्प नभएको बताएका छन्। एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा कर्णाली प्रदेशको दैलेख पुग्नुभएका अध्यक्ष ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिए। िहान दैलेखको भैरवी गाउँपालिका–१ स्थित पेट्रोलियम अन्वेषण स्थलको स्थलगत अवलोकनका क्रममा पूर्वप्रधानमन्त्री...
काठमाडौं : पार्टीको मध्यपहाडी यात्राका क्रममा सुदूरपश्चिममा रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको फोनवार्ताको भिडियो सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमा फोनवार्ताको भिडियोबारे लेख्दै ओलीले भनेका छन्, ‘सुन्दर डडेलधुरा! मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला। यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो। उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो। धन्यवाद शेरबहादुरजी!’उनले आफ्नो सचिवालयले...
काठमाडौं : डिसेम्बर १ विश्व एड्स दिवस। ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित नेपालमा पनि ३६औँ विश्व एड्स दिवसदेशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ। सन् १९८१ मा पहिलो...
बाँके : बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। यसैबीच, कैलालीको लम्कीमा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ...
काठमाडौं- आगामी २७ मंसिरदेखि काठमाडौं महानगरपालिका भित्र सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण रुपमा निषेध गरिने भएको छ। मंगलबार स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै १५ दिनपछि यो व्यवस्था लागू हुने जनाइएको छ।
सूचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर...
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ आजदेखि सुरु हुँदैछ। संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको यो सम्मेलन यही मङ्सिर २६ गतेसम्म चल्नेछ। मानव इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड गरिएको र जलवायु संकटको प्रभावले विश्वभरि मानव जीवन र जीविकोपार्जनमा अभूतपूर्व विनाश ल्याएको समयमा यो सम्मेलन हुँदैछ। जलवायु सम्मेलन...
वीरगञ्ज : सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ। महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयको स्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि पछिल्लो समय वीरगञ्जस्थित सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको हो। वीरगञ्ज महानगरपालिकाको सामुदायिक विद्यालयको पूर्वाधारको विकाससँगै अङ्ग्रेजी माध्यमबाट समेत शिक्षण सिकाइ थालिएपछि निजी...
बैतडी : नेकपा एमालेले मध्यपहाडी यात्रा सुरु गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर अभियानको सुरुवात गरे। अध्यक्ष ओलीले नेपाल–भारतको सीमावर्ती बजार झुलाघाटबाट नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर यात्राको उद्घाटन गरेका हुन्। योसँगै एमालेको आजदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभज्याङसम्मको यात्रा सुरु भएको छ। यात्रा पुस १ गते सकिने अध्यक्ष ओलीले बताए। उनले सकरात्मक परिवर्तनका...










