खानेपानी कार्यालय भक्तपुरमा बेथितीः पैसा असुल्न कर्मचारी गर्दछन् अनेक बहाना

144

( नयाँ धारा जोड्न के–के कागजपत्र चाहिन्छ ? )
भक्तपुर । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कार्यालय भक्तपुरमा चरम बेथिती बढेको छ । दुधपाटीस्थित कार्यालयमा सर्वसाधारणसंग नयाँ धारा जोड्न जादाँ अनेक बहान बनाएर लाग्ने दस्तुर बाहेक अतिरिक्त शुल्क लिन कर्मचारीहरु सक्रिय छन् ।
नयाँ धारा जडानका लागि आवश्यक सम्पूर्ण कागजपत्र लिएर जादाँपनि कहिले के छैन् कहिले के छैन भन्दै भोली आउनुहोस् पर्सी आउनुहोस् भनेर फर्काउने गरको गुनासो आएको छ ।
नयाँ धारा जडान गर्न सर्वे गर्ने, स्क्यान गर्ने, जडान गर्ने जस्ता कार्यमा कार्यालयको नीतिमा भन्दा पनि कर्मचारीको मनोमानि धेरै भएको पीडितहरुको भनाई छ । सम्पूर्ण कागजपत्र पुगेको अवस्थामा हामी दश दिन भित्र नयाँ धारा जडान गर्छौं भनेर कार्यालयले सूचना दिएपनि कर्मचारीले भने बहाना बनाउने गरेका छन् ।
सातामा छ दिन काम हुने भएपनि कर्मचारीहरु अन्य छ दिन भन्दा शनिबार नयाँ धारा जोडेर १५ सयदेखि १ हजार रुपैयाँसम्म लिन बहाना बनाउने गरेको एक सर्वसाधरणले बताए ।
अरु दिन समय छैन बरु शनिबार आउँछु यसो हेरिदिनुस् भन्दैं काम गर्न उनीहरु सक्रिय हुन्छन्, हामीले हस भन्नुको विकल्प छैन, ती पीडितले भने ।

जनताको गुनासो तत्काल सम्बोधन गर्छुः कार्यालय प्रमुख बुढाथोकी
यसबारेमा हामीले कार्यालयका प्रमुख इन्जिनियर हेम बुढाथोकीसंग प्रश्न गर्दा उनले आफु आएको केही महिनामात्रै भएको र यो पहिलो गुनासो भएकाले तत्काल सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे । केही कर्मचारीमा खराब नियत भए पत्ता लगाएर स्पष्टिकरण सोध्ने र त्यसमा चित्तबुझ्दो जवाफ नआए माथिल्लो निकायमा लेखी पठाउने उनले जानकारी दिए । समयमा काम गर्न भने कर्मचारी अभावले नसिकिएको उनको भनाई छ । “त्यहिपनि निवेदन आएको १० दिनसम्म हामी लाइन विस्तार भएको स्थानमा धारा जोडिदिसक्छौं” उनले भने । हाल कार्यालयम दैनिक ९/१० वटा नयाँ धारा जडानकोलागि निवेदन आउने गरेको कार्यालय प्रमुख बुढाथोकीको भनाई छ ।

नेपाल सरकारले तोकेको दर बाहेक अन्य शुल्क नदिन र तिरेको शुल्कको बिल लिन समेत कार्यालय सूचित गरेको छ । नयाँ धाराको मिटर आउन भने केही महिना लाग्ने उक्त कार्यालयले जानकारी दिएको छ ।

 नयाँ धारा जोड्न के–के कागजपत्र चाहिन्छ ?