फोक्सोको क्यान्सर हुने चार कारण

100

फोक्सोको क्यान्सर हुने प्रमुख कारण भनेको धूम्रपान हो। धूम्रपान सेवन गर्दा शुद्ध हावा नलिएर कार्बन मिसिएको कार्सिनोजेन लिइन्छ। यो कार्सिनोजेनले फोक्सोमा भएको सामान्य कोषिकालाई परिवर्तन गरेर खराब खालको कोषिका बनाइदिन्छ। जसले गर्दा फोक्सोको क्यान्सर हुन्छ। विश्वभरी धूम्रपानले गर्दा हुने भनेको फोक्सोको क्यान्सरबाहेक अन्य क्यान्सर पनि छन्। त्यस्तै सुगर प्रेसर लगायतका दीर्घ रोग समेत हुन्छ।

फोक्सोको क्यान्सर दोस्रो कारण धुवाँधुलो हो। फोक्सोको कोषिका शुद्ध अक्सिजन र कार्बनडाइअक्साइडको लागि बनेको हुन्छ। यदि त्यो ठाउँमा फरक खालका ग्यास आए, फरक खालका क्यान्सर बनाउने तत्वहरू आए भने फोक्सो भित्रका कोषिकाहरूमा परिवर्तन आउँछ। यदि कोषिकाहरूको परिवर्तन आयो भने विस्तारै त्यसले क्यान्सर हुने देखिन्छ। काठमाडौंको धुवाँ धुलोमा धेरै एक्सपोजर भएकाहरूलाई पनि फोक्सोको क्यान्सर भेटिएको छ। त्यस्तै, वंशाणुगत कारणले गर्दा समेत फोक्सोको क्यान्सर हुन्छ। परिवारमा कसैलाई क्यान्सर भएको छ भने त्यसले पनि असर गर्छ।ोक्सोको क्यान्सर हुने चौथो कारण ‘प्यासिभ स्मोकिङ’ हो। चुरोट नखाने तर चुरोट खानेको आडमा बस्नेहरूलाई पनि क्यान्सरको जोखिम हुन्छ। त्यस्तोलाई हामी ‘प्यासिभ स्मोकिङ’ भनिन्छ। त्यसैले आफ्नो आडमा बसेर कसैले धूम्रपान गरेको छ भने अर्थात् सार्वजनिक स्थानमा धूम्रपान गरेको छ भने उसलाई रोक्नुपर्छ। सकेसम्म धूम्रपान नगरेको राम्रो हो। सार्वजनिक स्थानमा त धूम्रपान झनै गर्न भएन।

फोक्सोको क्यान्सर भएको कसरी थाहा हुन्छ?
कुनै पनि क्यान्सरको लक्षण देखिए जस्तै फोक्सोको क्यान्सरका पनि लक्षण देखिन्छन्। यो रोग लागेको छ भने सुरूमा खोकी लाग्छ। खोकी लागेर उपचार गर्दा निको हुँदैन। खकारमा रगत देखिन्छ। त्यस्तै खोक्दा छाती दुख्ने अनि शरीरको तौल घट्ने हुन्छ। सुत्दा सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिए भने नजिककै चिकित्सकसँग सल्लाह लिनुपर्छ।

उपचार
फोक्सोको क्यान्सरको सबै खाले उपचार नेपालमै हुन्छ। सुरूकै अवस्थामा थाहा भयो भने अपरेसन गर्दा मात्रै हुन्छ। अलि एड्भान्स भएको रहेछ भने अपरेसन, रेडियो थेरापी र किमो थेरापी गरिन्छ। यदि धेरै ठाउँमा फैलिसकेको छ स्टेज तीन र स्टेज चारमा पुगेको छ भने पहिला किमो दिएर उपचार गर्नुपर्छ। स्टेज चारका बिरामीको क्यान्सर निर्मूल नहुन सक्छ। त्यस्तो अवस्थामा औषधिको प्रयोग गर्नुपर्छ। त्यस्तै, इम्युनो थेरापी र टार्गेटेट थेरापी समेत गर्नुपर्छ।