Sunday, October 11, 2026
Home शिक्षा त्रिविको ४९ औँ दीक्षान्त समारोह पुस २ गते हुँदै

त्रिविको ४९ औँ दीक्षान्त समारोह पुस २ गते हुँदै

129

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आगामी पुस २ गते हुने भएको छ। त्रिविले सोमबार सार्वजनिक सूचना जारी गर्दै उक्त समारोह राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जनाएको छ। त्रिविले यसअघि पुल्चोकमा दीक्षान्त समारोह कार्यक्रम राख्दै आएको थियो। त्रिविले जारी गरेको सूचना अनुसार समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन र स्कार्फ टोपी पहिरी बिहान ८ बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गरी सिट एरेजमेन्टअनुसार बस्नुपर्ने छ। गाउन र स्कार्फ वितरण मंसिर २४ गतेदेखि ३० गतेसम्म वितरण हुने त्रिविले जनाएको छ।