Thursday, April 30, 2026
Home Blog Page 240
हेटौँडा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उनले आश्रमले गरिरहेको कामले सरकारलाई झकझकाएको बताए। प्रधानमन्त्री दाहालले आश्रमबाट भएका कामलाई बिस्तार गर्न सबै प्रदेशमा भवन निर्माण तथा उद्धारलगायतका कामका लागि प्रक्रिया अगाडि बढाएको बताए। उनले मानवसेवा आश्रमलाई सातवटा सवारीसाधन...
काठमाडौं : भक्तपुरको मध्यपुर थिमी–२ सानोठिमीमा गएराति टिपरले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको छ। दुर्घटनामा काभ्रे रोशी गाउँपालिका– १० घर भई गठ्ठाघर बस्ने २३ वर्षको विशाल मैनालीको मृत्यु भएको हो। राति पौने ११ बजेतिर थिमीबाट सानोठिमीतर्फ जाँदै गरेको बा.४ ख. २३४७ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा.९२ प. ५५३१ नम्बरको स्कुटीलाई जनक शिक्षा सामग्री केन्द्र अगाडी सडकमा...
वासिङ्टन : संयुक्त राज्य अमेरिकामा घरबारविहीन हुनेको सङ्ख्या यस वर्ष कीर्तिमानीस्तरमा पुगेको सार्वजनिक गरिएको एक सरकारी प्रतिवेदनले देखाएको छ। अमेरिकी आवास तथा शहरी विकास विभागका प्रमुखले गरेको गणनाअनुसार डिसेम्बरसम्ममा देशभर छ लाख ५३ हजार १०० भन्दा बढी मानिस घरबारविहीन भएका छन्। ो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ७० हजार ६५० अर्थात् १२ प्रतिशत बढी हो र सन् २००७ मा...
गण्डकी : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहिएको बताएका छन्। कांग्रेसको गलकोट नगर समितिद्वारा आज बागलुङको गलकोटमा आयोजित स्वागत कार्यक्रममा उनले दुई वर्षपछि हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताए।“आगामी फागुनमा हुने महाधिवेशन बैठकले पार्टीलाई दिशानिर्देश गर्छ, त्यसपछिको महाधिवेशनबाट नयाँ ऊर्जासहितको नेतृत्व आउँछ”, महामन्त्री शर्माले भने, “पुरानो भावना र नयाँ विश्वाससहितको कांग्रेस...
भक्तपुर । युवा बचत तथा ऋण सहकारी २५ औं वर्षमा प्रवेश गरेको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ६ फेदिमा मुख्य कार्यालय रहेको यो सहकारी भक्तपुरको उत्कृष्ठ संस्था हो । हालसम्म यो संस्थामा महिला २ हजार ९८३ जना, पुरुष २ हजार ७८७ जना, बाल बचता कर्ता १ हजार ६९१ र संस्थागत सदस्यता १५ वटा रहेका छन् । आर्थिक वर्ष...
प्युठान । प्युठानको ऐरावती गाउँपालिका -२, बरौलामा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जीप बिहीबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा मल्लरानी गाउँपालिका -३ का वडा सदस्य ५२ वर्षका दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए ।उनका...
मनिला– फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशंकामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देश निकाला गरेको अधिकारीहरूले बताएका छन् ।अक्टोबरमा गरिएको कारबाहीका क्रममा एउटा परिसरभित्र भेटिएका करिब छ सय मानिसमा चिनियाँ, कोरियाली, भियतनामी र फिलिपिनो नागरिक रहेका थिए । सेक्स खेलौना, एउटा मसाज पार्लर, साङ्गीतिक धुनसँग गीत गाउने कोठा र एउटा रेस्टुरेन्ट एक...
-नयाँ नेपाल न्यूज काठमाडौं । विगत दुई दशक भन्दा लामो समयदेखि सादुराम ढकाल (आषिश) पशुपन्छी सम्बन्धी औषधि  व्यवसायमा आवद्ध छन् । हरेक क्षेत्रमा संगठित हुने क्रम जस्तै नेपाल पशुपंछी औषधि ब्यवसायी संघ देशभर आफ्नो संजाल बढाउन सक्रिय छन् । ढकाल यो संघको पुर्र्व केन्द्रिय सदस्य हुन् । नेपाल पशुपंछी औषधि ब्यवसायी संघ केन्द्रिय कार्यसमितिको १४ औं राष्ट्रीय महाधिबेशन तथा ३३ औं...
काठमाडौँ : काठमाडौँमा मंसिर २८ देखि पुस २ गतेसम्म २०औँ हस्तकला व्यापार मेला हुने भएको छ। नेपाल हस्तकला महासङ्घको आयोजनामा अन्नपूर्ण होटलमा मेला आयोजना हुने भएको हो। सोमवार महासंघले काठमाडौँमा पत्रकार सम्मेलनमार्फत अन्तरराष्ट्रिय बजारको माग र अवस्थाका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी दिन मेला आयोजना गर्न लागिएको जनाएको छ।महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला व्यापार मेलासँगै १८औँ हस्तकला प्रतियोगिता समेत...
काठमाडौं : एनसेलविरुद्ध स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। दुई दिन ‘हेर्न नभ्याइने’मा परेको रिटमा आज सुनुवाइ हुने भएको हुने भएको छ। मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको छ। सांसद सिंहले गत शुक्रबार दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । दुवै दिन ‘हेर्न नभ्याइने’मा...