Sunday, September 27, 2026
Home अर्थ एनसेलविरुद्धको रिटको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा

एनसेलविरुद्धको रिटको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा

67

काठमाडौं : एनसेलविरुद्ध स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। दुई दिन ‘हेर्न नभ्याइने’मा परेको रिटमा आज सुनुवाइ हुने भएको हुने भएको छ। मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको छ। सांसद सिंहले गत शुक्रबार दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । दुवै दिन ‘हेर्न नभ्याइने’मा परेपछि रिटको पेशी आजलाई सरेको हो। सांसद सिंहले एनसलेको ८० प्रतिशत शेयर भएको मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दाठूलो भ्रष्टाचार भएको दाबी गरेका छन्। सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभागसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।