नेपाल पशुपंछी औषधि व्यवसायी संघको १४ औं महाधिवेशनः व्यवसायीको समस्या र किसानका पीडा हल गर्नु नै मेरो मुख्य उद्देश्य होः महासचिवका उम्मेदवार ढकाल

224

-नयाँ नेपाल न्यूज
काठमाडौं । विगत दुई दशक भन्दा लामो समयदेखि सादुराम ढकाल (आषिश) पशुपन्छी सम्बन्धी औषधि  व्यवसायमा आवद्ध छन् । हरेक क्षेत्रमा संगठित हुने क्रम जस्तै नेपाल पशुपंछी औषधि ब्यवसायी संघ देशभर आफ्नो संजाल बढाउन सक्रिय छन् । ढकाल यो संघको पुर्र्व केन्द्रिय सदस्य हुन् ।
नेपाल पशुपंछी औषधि ब्यवसायी संघ केन्द्रिय कार्यसमितिको १४ औं राष्ट्रीय महाधिबेशन तथा ३३ औं बार्षिक साधारण सभा यहि पुस २४ र २५ गते चितवनमा हुदैंछ । ढकालले १४ औं महाधिवेशनमा संघको महासचिव पदकोलागि उम्मेदवार घोषणा गरेका हुन् ।

विगतका महाधिवेशनमा सहकर्मी तथा अग्रजका सामु त्यागी व्यक्तिको परिचय बनाएका ढकाल यो पटक आफु सबैको साथबाट यो पटक र्निविरोध निर्वाचित हुनेमा विस्वस्त छन् । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरमा जन्मिएका ढकालको हाल काठमाडौं सितापाइलामा आरोहण भेट फर्मा संचालित छ । जसको संजाल देशका धेरै जिल्लामा जोडिएको छ । उनको व्यवसायले २० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ । नयाँ नेपाल न्यूजसंग कुरा गर्दै ढकालले भने “मेरो उद्देश्य भनेको हामी व्यवसायीका तमाम समस्या समाधान गर्ने र किसानका पीडालाई मलम लगाउनु हो । यो क्षेत्रमा व्यवसायी र किसान एक अर्काका परिपूरक हौं,” उनले भने ।

संघको बागमती शाखाको सहसचिव, सचिवमा सक्रिय हुदैं अध्यक्षको भुमिका निर्वाह गरेका उनी विगतमा केन्द्रिय सदस्यमा लोकप्रीय मतका साथ निर्वाचित भएका थिए । “मेरो सिद्धान्त भनेको अग्रजहरुको सम्मान र नयाँलाई प्रोत्सान हो, जसले हामी व्यवसायीबीच स्वस्छ प्रतिस्पर्धा गर्न प्रेरित गर्छ, यो कुरा लिएर नै मैले यो महाधिवेनमा महासचिव पदमा उम्मेदवारी दिएको हुँ,” उनले भने । सरकारले पूर्वाअनुमान गर्न नसक्दा लम्पी स्कृन, स्वाइन फ्लु जस्ता महामारीले किसानहरुको अर्बौ धन नोक्सानी हुने भएकाले पशुपालक किसानलाई बीमा गर्न प्रेरित गर्नु पर्ने महासचिव पदका उम्मेदवार ढकालको भनाई छ । नेपालको खुला सीमानको असर भेटनरी व्यवसायीलाई मात्रै नभएर किसानलाई समेत परेकाले राज्यले त्यस तर्फ ध्यान दिनु जरुरी रहेको छ, ढकालले भने ।

तपाईको उम्मेदवारी महासचिव पदमा किन ?
–दुई पटक सम्म केन्द्रिय महाधिबेशनमा आफ्नो उम्मेदवारी फिर्ता लिई संघमा एउटा उदाहरणिय त्याग गरेकाले यसपटक भने महासचिवमा आफुले उम्मेदवारी घोषणा गरेको हुँ ।
–पशुसेवा विभाग र औषधी व्यस्वस्था विभानको खिचातानीमा हामी ब्यवसायी पर्ने गरेकाले त्यसको समाधान गर्न मेरो उम्मेदवारी हो । यी निकायहरुले अधिकार लिने तर, अपनत्व नलिने प्रवृत्ति विरुद्ध आवाज बुलन्द गर्न मेरो यो पटक महासचिव पदमा उम्मेवारी हो ।
–वर्षमा विभिन्न प्रकारका रोगबाट हुने किसानका क्षतिलाई कम गर्न बीमा नीतिलाई किसानमुखी बनाउन राज्यलाई दबाब दिन मेरो उम्मेदारी हो ।
–राज्यलाई कर तिरेर हजारौंलाई रोजगारी दिएका भेटनरी व्यवसायीका दुःख, समस्या र चुनौतीलाई सबै मिलेर हल गर्न महासचिव पदमा यो पटक मेरो उम्मेदवारी हो ।
–रैथाने बालीका विउ लोप हुदैं गएकाले देशमा कुनैपनि बेला ठुलो खाद्य संकट आउन सक्ने भएकाले त्यसको संरक्षण र प्रर्वद्धनमा किसान र व्यवसायी एक भएर लाग्न पनि मेरो उम्मेदवारी हो ।

-आधुनिक पशुपालन व्यवसायबाट मासु र दुधजन्य पदार्थमा नेपाललाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्नपनि यो पटक महासचिवमा पदमा सर्वसहमत बनाउन सबै साथीहरुले साथ दिनु हुन्छ भन्ने विश्श्वासका साथ मेरो उम्मेदवारी हो ।