२५ औं वर्षमा चाँगुनारायणको युवा साकोस, सामाजिक कार्यमा सधै अगाडी

61

भक्तपुर । युवा बचत तथा ऋण सहकारी २५ औं वर्षमा प्रवेश गरेको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ६ फेदिमा मुख्य कार्यालय रहेको यो सहकारी भक्तपुरको उत्कृष्ठ संस्था हो । हालसम्म यो संस्थामा महिला २ हजार ९८३ जना, पुरुष २ हजार ७८७ जना, बाल बचता कर्ता १ हजार ६९१ र संस्थागत सदस्यता १५ वटा रहेका छन् । आर्थिक वर्ष २०७९/८० सम्म यो सहकारीको शेयर पुँजी ७ करोड ५३ लाख ३३ हजार रहेको छ । सहकारीका अध्यक्ष प्रकाश बास्तोलाले धेरै ब्याजको लोभमा फसेर जुनपायो तेही संस्थाका कारोबार नगर्न सबैमा आग्रह गर्नु गरेका छन् ।

उनले सहकारीको नीति र सिद्धान्तमा रहेर बचतकर्ताको बचत सुरक्षित गर्न र ऋण लगानीको वातावरण बनाउन संस्था सबै सचेत रहेको जानकारी दिए । भक्तपुर जिल्लाकै उत्कृष्ठ सहकारी मध्य एक युवा बचत तथा ऋण सहकारीले लम्पी स्किन रोगबाट पीडीत किसानलाई राहत दिएको थियो ।

युवा साकोसले रोगबाट पशु धनको क्षति भएका आफ्ना सदस्य किसानलाई प्रत्येक घर अनुसार राहत दिएको संस्थाका सचिब जयराम बास्तोलाले जानकारी दिएका छन् । संस्थाका सदस्यले यदि पशु चौपाय खरिद गर्न चाहेमा ५० हजार रुपैयाँ नगद ऋण सुविधा एक वर्षसम्म विना ब्याज दिने छ । त्यसको साबाको किस्ता भने तीन महिनापछिबाट फिर्ता गर्नु पर्ने संस्था नियम बनाएको छ । बास्तोलाका अनुसार सदस्यहरुले राहत लिन र निब्र्याजी रकम लिन चाहानेले संस्थाको नियममा रहेर लिन सक्नेछन् ।

यस्ता छन् संस्थाका सामाजिक कार्यहरुः

-सदस्यको एकाघर परिवार मृत्यु भएमा रु ३,०००।

-क्यान्सर, किड्नी, मुटुरोग, पाठेघर जस्ता जटिल प्रकृतिका रोगहरु लागेको अवस्था र अस्पतालमा लागेको खर्चको बीलका आधारमा रु १ लाख भन्दा बढीको खर्च भएमा ५ हजार रुपैया उपचार वापत राहत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

ज्येष्ठ सदस्य सहारा योजना

-संस्थामा सदस्य भएको १५ वर्ष र सदस्यको उमेर ६० वर्ष पुरा सदस्यलाई नियमित बचत खातामा मासिक रुपमा ऋणको अधिकतम सरह व्याज प्रदान गरी सदस्यको आवश्यकता तथा चाहाना बमोजिम घरदैलो सेवा उपलब्ध गरिएको व्यहोरा जानकारी गराउँदछु ।

विप्रेषण सेवा

-IM.E. WESTERN UNION, HIMAL REMIT. GME, PRABHU REMIT, CITY, MONEY GRAM,NIC ASIA संग सहकार्य गरी बिदेश तथा स्वदेशबाट पठाएको रकम यस संस्था मार्फत भुक्तानी दिने व्यवस्था मिलाइको छ साथै अन्य रेमिट कम्पनी संग पनि सहकार्य गरी बिप्रेषण सेवा बिस्तार गर्दै जाने व्यहोरा जानकारी गराउँदछु ।

पुर्ण तथा व्यबसायीक कार्यक्रम 

यस संस्था नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. द्वारा संचालीत पूर्ण व्यबसायीक कार्यक्रम प्रोवेसनमा सहभागी भईविभिन्न क्रियाकलापहरु संचालन गर्दै आएको छ ।

सेवा केन्द्र संचालन

यस संस्थाको व्यवसाय विस्तार तथा सदस्यहरु लाई संस्थाद्वारा उपलब्ध गराउने सेवा सुबिधाहरु सहज रुपमा उपलब्ध गराउन स्थानीय सदस्यहरुको माग बमोजिम चा।नं।पा। ६, नगरकोटको भटेडाडाँमा र चा। नं।पा। ज्वागेश्वरी मा सेवा केन्द्र संचालन गरिएको जानकारी गराउदैछु ।

-संस्थाले आफ्नै भवन निर्माण गरी सदस्यहरुलाई सरल र सहज रुपमा सेवा प्रवाह गरेको छ । १७ जना व्यवस्थापन समुह र २ जना सुरक्षा गाई सहित १९ जना लाई रोजगारी श्रृजना गरेको छ ।

-बार्षिक रुपमा क्यालेन्डर प्रकासन गरी संस्थाका योजना तथा गतिबिधीहरु जानकारी गराउने गरिएको छ ।

-संस्थाका सदस्यलाई लम्की स्कीन रोग बाट भएको क्षतीलाई राहत तथा निब्याजी रुपमा ऋण उपलब्ध गराईएको छ ।
नगरपालीका द्वारा कोरोना राहत कोषमा रकम जम्मा गर्न आवहान गरेकोमा संस्थाद्धारा रु १०००००। सहयोग गरेको छ ।

-हरेक बर्ष संस्था स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम आयोजना गरी मानवीय सेवामा पनि सहयोग गरेको छ ।

-संस्थामा आबद्ध बाल बचत सदस्यहरुलाई एस इ इ उर्तिण भए पछि सम्मान, तथा ७ जनालाई रु १०,०००। कादरले छात्रबृद्धि वितरण गर्दै आएको छ ।
-संरक्षित पुजी फिर्ता कोष बितरण कार्यविधि बनाई बचत र ऋणमा योगदानका आधारमा संरक्षित पुजी फिर्ता कोष बितरण गरिरहेको छ। यस बर्ष रु ५० लाखा वितरण गरिएको छ ।

-नेपाल रेडक्रस सोसाइटी नगरकोट उप शाखा द्वारा संचालित एम्बुलेन्स संचालनमा बार्षिक रु १००,०००। सहयोग गर्दै आएको छ ।

-बिश्राम स्थल निर्माण, मन्दिरहरुमा मेच बितरण, मन्दिर जिदोद्वारमा सहयोग, सांस्कृति जगेर्ना गर्न सहयोग गरेको ।

सम्मान तथा पुरस्कारः

भक्तपुर जिल्लाको उत्कृष्ट सहकारी संस्था २०६८ तत्काली डिभिजन सहकारी कार्यालय भक्तपुर बाट सम्मान प्राप्त गरेको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि बाट नगरस्तरीय उत्कृष्ठ सहकारी ब्यबसाय २०७८ बाट सम्मानीत भएको छ । भक्तपुर जिल्ला सहकारी संघ लि बाट सहकारी क्षेत्रमा योगदान बापत सम्मान २०७० सालमा प्राप्त भएको छ ।