काठमाडौं : कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा नेपालमा सोमबार शोक मनाइँदैछ। देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाइनेछ। उनको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज शोक मनाउने निर्णय गरेको थियो। कुवेतका अमिर अल सबाको मङ्सिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको हो।
चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ। आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्युएक्स—१ व्यावसायिक वाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको हो। स्थानीय समयानुसार रकेट दिउँसो ३ बजे प्रक्षेपण भएको थियो। यो एसक्युएक्स—१ कमर्शियल क्यारियर रकेटको छैटौं उडान मिसन हो।
काठमाडौं : वैदेशिक रोजगारीमा गएका श्रमीकहरुलाई मताधिकार दिएमात्रै राजनीतिक दलका नेताहरुले उनीहरुका मुद्दा सम्बोधन गर्नसक्ने सरोकारवालाहरुले बताएका छन्। सोमवार ललितपुरमा भएको वैदेशिक रोजगारीको उज्यालो र अध्याँरो पाटो विषयक सडक बहसमा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन्।उनीहरुले कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने मात्रै राजनीतिक पार्टीहरुले श्रमीकका मुद्दामा बोल्न शुरु गर्ने बताए। कार्यक्रममा बोल्दै ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले...
काठमाडौं । एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा संचालनमा रहेको एनसेल टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम देशको स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने पद्धतिमा एउटा कोशेढुङ्गा र क्रान्ति सावित भएको छ । यो कार्यक्रमको सफलतासँगै बाग्मती प्रदेश सरकारले पनि टलिमेडिसिन सेवालाई अन्य अस्पताल र स्वास्थ्य केन्द्रमा पनि रेप्लिकेट अर्थात लागु गरेको छ ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) पहल अन्तर्गत सन्...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको धारणा राखेका छन्। प्रेस युनियन बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले ‘मिसन-८४’ भन्दा ‘भिजन-९५’ मा लाग्न सुझाव दिए। उनले चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम गर्न सकिन्छ भनी विकासको खाका तयार गर्न लाग्नुपर्नेमा जोड दिए। “नेपालमा...
शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट पानी शरीरबाट बाहिर निस्कन्छ।१. थकान
पानीले शरीरलाई उर्जा दिन्छ। डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीको सबै प्रक्रियामा असर पर्छ। पानी कम हुने कारण थकान र सुस्तता महसुस हुन्छ। शरीरमा उर्जा नहुँदा मानिस...
काठमाडौं : छैटौँ राष्ट्रिय झन्डा दिवस मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झन्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्यालीसमेत निकालेको थियो। २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झन्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए।
काठमाडौं : राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्दैछ। राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ ११ गते हुनेछ। निर्धारित समयमा आयोगमा दर्ता भएका १२ दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको स्वीकृत कार्यतालिकामा...
विराटनगर : सुनरीको धरानबाट १४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ। आज अर्थात् आइतबार यातायात बन्द गराउँदै हिँडेको अभियोगमा १४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो। नेकपा एमालेको संकल्प यात्रा प्रभावित गर्ने लक्ष्यसहित प्रदेश १ पुनः नामकरण संघर्ष समितिले शनिबार र आइतबार कोशी प्रदेशभर यातायात बन्दको आह्वान गरेको छ। ोही क्रममा शनिबार सुनसरी र झापाबाट ९ जना बन्दकर्ता पक्राउ...
इलाम : पहिचान पक्षधर बन्दकर्ताले इलामको रोङ गाउँपालिका ४ किटेनीमा पराल बोकेको गाडीमा आगजनी गरेका छन्। झापाबाट पराल लिएर आएको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दमा कुदाएको भन्दै शनिबार साँझ बन्दकर्ताले रोकेर आगजनी गरेका हुन्। बन्दकर्ताले आगो लगाउदा पिकअप पूर्ण रुपमा जलेको छ। बन्दकर्ताले चालकलाई ओरालेर पिकअपमा आगो लगाएको स्थानीयले जानकारी दिएका छन्। मेची राजमार्गमा बन्दकर्ताले दिनभर विभिन्न...










