चितवन : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङबाट इच्छाकामना मन्दिरसम्म सडकको नयाँ ट्रयाक खन्ने काम २०६५ सालमा सम्पन्न भयो। तत्कालीन दारेचोक गाउँ विकास समितिबाट ५० हजार बजेट विनियोजन गरी सडकको नयाँ ट्रयाक फिस्लिङबाट खन्ने काम शुरु गरिएको थियो। ५० हजार रुपैयाँबाट सडकको ट्रयाक खन्न सम्भव थिएन। स्थानीयले चन्दा उठाएर ट्रयाक खन्ने काम सम्पन्न गरे। ट्रयाक खन्ने काममा मनकामना दर्शन...
बाँके : जिल्लामा पुरुष पनि घरेलु हिंसामा परेको भन्दै पाँच महिनामा ४० पुरुषले प्रहरी कार्यालयमा उजुरी दिएका छन्। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिइन्। उनका अनुसार पुरुषको तर्फबाट पनि हिंसामा परेको उजुरी आइरहेका छन्। तर पुरुषले...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झुलाघाट—चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न अपिल गरेको छ।मंगलवारबाट कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहहरुद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताए।उनले प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गर्ने...
रुपेन्देही : सशस्त्र प्रहरी बलले रूपन्देहीको सियारीबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। सियारी गाउँपालिका २, च्याङ्था इलाकामा सशस्त्र प्रहरीको सुरक्षा बेस अमुवाबाट सशस्त्र प्रहरी निरीक्षक दीपक खड्काको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा राति पौने ११ बजे पेस्तोलसहित स्थानीय अमेरिका थारुलाई पक्राउ गरेको हो। उनको साथबाट अन्दाजी ६ मिमि राउण्ड लाग्ने रिभल्वर पेस्तोल एक थान र लाभा कम्पनीको एकथान...
काठमाडौं : नेकपा एमालेले जारी राखेका पुष्पलाल (मध्यपहाडी) राजमार्ग केन्द्रित समृद्धि संकल्प यात्रा आज पुष्पलालको जन्मथलो रामेछाप पुग्दैछ। यात्राको १२ औं दिन आज धुलिखेलबाट प्रस्थान गर्ने यात्रा टोली रामेछापमा नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मस्थान मन्थलीमा बास बस्ने छ। पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार धुलिखेलबाट आजको यात्रा सिधै दोलखातर्फ जाने तयारी छ। दोलखा जाने क्रममा...
काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटरमा जारी छ। एनसेल प्रकरण, राष्ट्रियसभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयकलगायत विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डाका बारेमा पनि छलफल हुने जनाइएको छ। एनसेलको शेयर खरिदबिक्री र सुन प्रकरणले सरकार आलोचित भइरहेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा...
काठमाडौं : सत्रौँ संसद् सेवा दिवसका अवसरमा आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ५०औँ पटक रक्तदान गर्ने सचिवालयका उपसचिव सञ्जय दाहाललाई रगत सङ्कलन गर्ने झोला हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे। सङ्घीय संसद्...
काठमाडौं : संघीय संसद्को महासचिव डाक्टर भरतराज गौतमले राजीनामा दिएका छन्। उनले आइतबार राजीनामा दिएका हुन् ।उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ। ०७७ वैशाख २२ गते उनी सो पदमा नियुक्त भएका थिए। गौतमको राजीनामा पछि महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ। उनको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष...
सल्यान : त्रिवेणी गाउँपालिका १ काभ्रामा एक वृद्ध मृत फेला परेका छन्। स्थानीय ७० वर्षीय पिमलाल कामी मृत फेला परेका हुन्।
घरदेखि करिब १०० मिटर टाढा स्याला भन्ने स्थानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। पानीको कुलोमा टाउको डुबेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए। कुलोमा डुब्दा श्वासप्रश्वासमा...
काठमाडौं : लमजुङमा सामूहिक भोज खाएर बिरामी पर्दा एक जनाको मृत्यु भएको छ। शुक्रबार लमजुङको सुन्दर बजार नगरपालिका–९ मा क्रिसमसको अवसरमा सामूहिक भोज खाँदा बिरामी परेकी एक महिलाको मृत्यु भएका लमुजुङ प्रहरी उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।मृत्यु हुनेमा ३२ वर्षीया देवी परियार रहेको उनको भनाइ छ। सामूहिक भोज खाएर बिरामी परेका १८ जनाको सुन्दर बजारको नमुना सामुदायिक अस्पताल उपचार...








