काठमाडौं : नेपालमा शैक्षिक गुणस्तर निरन्तर खस्किँदै गर्दा त्रिभुवन विश्वविद्यालय (त्रिवि), आंगिक क्याम्पस र सम्बन्धन प्राप्त निजी कलेजका कक्षा कोठा रित्तिन थालेको छ। विद्यार्थी पाउन क्याम्पसहरूलाई मुस्किल परेको छ। त्रिविका अधिकांश विभाग खालीजस्तै बनेका छन्।िविका अनुसार हिन्दी, इतिहास, जल तथा मौसम विज्ञान, भाषा विज्ञान, मनोविज्ञान, ललितकला, संस्कृत र मैथिलीलगायत विभागमा विद्यार्थीको अभाव छ। हिन्दी केन्द्रीय विभागमा दुई सेमेस्टरमा ६...
काठमाडौं । पुस ७ गते नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन काठमाडौंमा हुने भएको छ। कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन गर्ने निर्णय भएको नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिए।कार्यसम्पादन समितिको बैठकले सम्मेलन तयारीका लागि विभिन्न समितिहरु गठन गरिएको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँको...
काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगञ्जमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । आज बिहान भएको घटनामा २७ जना घाइने भएका छन् । जितपुर–सिमरा उपमहानगरपालिका– २२ स्थित तीन नम्बर पुल नजिक बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ गुडेको ना ७ ख...
भक्तपुर । प्याबसन चाँगुनारायण नगरस्तरिय फुटसल प्रतियोगीत सम्पन्न भएको छ । उक्त प्रतियोगीतामा दुवाकोटमा रहेको गोल्डेन सुनगाभा स्कुल प्रथम, दुवाकोटमै रहेको मित्रश्री पाठशाला दोस्रो भएको छ । त्यसैगरि प्रज्ञा इंग्लिस स्कुल तेस्रो र फुल व्राइट स्कुल चौथो भएको छ । प्यावसन अन्तर्गत रहेको ६ वटा स्कुलहरुले यस प्रतियोगीतामा भाग लिएका थिए । बिजेताहरुलाई चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पुरस्कृत...
काठमाडौं । नेकपा एमालेका उप-महासचिव प्रदीप ज्ञवालीले पहिचानका नाममा अतिवाद लाद्ने कोसिसढ गर्नु लोकतान्त्रिक चरित्र नभएको बताएका छन् ।
रफत सञ्चार क्लबले मंगलबार भक्तपुरमा आयोजित सञ्चार–संवाद कार्यक्रममा उनले चिवाभञ्ज्याङ–झुलाघाट समृद्धि संकल्प यात्रा पहिचानवादीहरूको अनेकन् धम्कीका अतिरिक्त सफलतावूर्वक सम्पन्न गरेको बताए ।उप-महासचिव ज्ञवालीले लोकतन्त्रमा शान्तिपूर्णरूपमा माग राख्न पाइने तर आफ्ना मागको नाममा कसैलाई निषेध गर्न खोज्नु अतिवाद भएको बताए । उनले...
काठमाडौं : नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन मंगलबार शुरु हुँदैछ। कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए। सम्मेलनमा केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुने सभापति शर्माले बताए। सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने बताइएको छ। सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित...
काठमाडौं : सोमबार दुई बालिकामाथि बलात्कार भएको छ। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ बस्ने २७ वर्षीय भक्त बहादुर सुनुवारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। सुनुवारले ती किशोरीलाई मंसिर २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट राखावाङदेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस्तै, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको...
संखुवासभा : संखुवासभामा सवारीसाधनबाट हुने चोरी/तस्करी रोक्न सुरक्षाकर्मीलाई तालिम दिइएको छ । तस्करले सामग्री ओसारपसार गर्दा सवारीसाधनको प्रयोग गर्ने थालेपछि चोरी प्रहरीलाई सवारीसाधन खानतलासी सम्बन्धी पाँच दिने अनुशिक्षण तालिम दिइएको हो। जिल्ला प्रहरी कार्यालय र मनराम माटर्स प्राइभेट लिमिटेडको आयोजनामा सवारी साधन खानतलासी सम्बन्धी पाँचदिने अनुशिक्षण सुरु भएको छ। कुन सवारीसाधनमा कहाँ–कहाँ फल्स बटम हुन्छ भन्ने सुरक्षाकर्मीले बुझ्न जरुरी भएका...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलले खरिदबिक्रीमा करछलीको विषयले सरकारलाई गम्भीर बनाएको बताएका छन्।राज्य व्यवस्था तथा सुशासन समितिमा एनसेल प्रकरणमको बारे जवाफ दिदैँ उनले जलवायु परिवर्तनसम्बन्धी कोप-२८ को बैठक सकेर फर्किने बितिक्कै यस सम्बन्धमा अध्ययन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चारर प्राधिकरणलाई निर्देशन दिएको बताएका हुन्।प्रधानमन्त्रीले राज्य व्यवस्था तथा सुशासन समितिमा के भने?*एनसेल आजियटाको...
काठमाडौं : नेपाली चलचित्रका महानायक राजेश हमालले एक समर्पित प्रशंसकको रुपमा होटल हिमालयमा पुगेर काठमाडौं रेजर्स फुटबल टोलीसँग भेटघाट गरी आगामी चुनौतीहरुको सामना गर्नका लागि खेलाडीहरुलाई उत्प्रेरित गरेका छन्। टिम भेटघाटमा राजेश हमालको उपस्थितिले स्टारडमको स्पर्श मात्र थपेन बरू काठमाडौं रेजर्सको लागि उनको तर्फबाट वास्तविक जोश र समर्थन पनि प्रदान गरेको थियो।भ्रमण केवल एक सेलिब्रेटीको उपस्थितिभन्दा बढी खेलाडीहरूसँग परिचित...










