एनसेल प्रकरणको विषयलाई सरकारले गम्भीर रुपमा लिएको छ : प्रधानमन्त्री

35

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलले खरिदबिक्रीमा करछलीको विषयले सरकारलाई गम्भीर बनाएको बताएका छन्।राज्य व्यवस्था तथा सुशासन समितिमा एनसेल प्रकरणमको बारे जवाफ दिदैँ उनले जलवायु परिवर्तनसम्बन्धी कोप-२८ को बैठक सकेर फर्किने बितिक्कै यस सम्बन्धमा अध्ययन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चारर प्राधिकरणलाई निर्देशन दिएको बताएका हुन्।

प्रधानमन्त्रीले राज्य व्यवस्था तथा सुशासन समितिमा के भने?

*एनसेल आजियटाको स्वामित्वमा रहेको दूरसञ्चोर सेवा प्रदायक कम्पनी एनसेलको ८०% शेयर न्यून मूल्याङ्कन गरी खरिद विक्री भएको तथा उक्त कारोबारमा करछलीको योजना गरिएको भन्ने समेतका विषयहरू विभिन्न सञ्चाकर माध्यममा प्रकाशनरप्रसारण भएपछि सोसम्बन्धमा विभिन्न क्षेत्रबाट चासो व्यक्त गरिएको छ।*जलवायु परिवर्तनसम्बन्धी कोप-२८ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म संयुक्त अरब इमिरेट्स्‌को दुबईमा रहेकै बेला यस्तो खरिद बिक्रीको काम भएको भन्ने समाचार आएको र म स्वदेश फर्कनासाथ यस सम्बन्धमा अध्ययन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चारर प्राधिकरणलाई निर्देशन दिएको थिएँ।*यस विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। यस सम्बन्धमा भएगरेका काम कारबाही र समग्रमा यसले नेपालको राजस्व, लगानी र दूरसञ्चातरको विकासमा पर्नेरपार्ने प्रभावका बारेमा गहन र विस्तृत अध्ययन तथा छानबिन गर्नुपर्ने आवश्यकता महसूस गरी नेपाल सरकार, मन्त्रिपरिषद्कोध मिति द्दण्डण् मङ्सिर २१ गतेको बैठकबाट पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा ५ सदस्यीय अध्ययन तथा छानविन समिति गठन गर्ने निर्णय भएको छ।